May 2, 2024, 1:51 pm
 
» आफ्नो जन्म दिनको अवसरमा विद्यालयका  विद्यार्थीहरूलाई सहयोग » आजदेखि कक्षा १२ को परीक्षा सुरु : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी » ब्लुमिङ लोटस स्कुलले मनायो सांस्कृतिक कार्यक्रम सहित ३२ औं वार्षिकत्सव तथा अभिभावक दिवस  »   थाक्रे गाउँपालिका ३ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न ,१ सय ७ जनाले लिए सेवा  » एक हप्ता भित्र २८ जनामा कोरोना सङ्क्रमण

गजुरीमा लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम

October 8, 2023 मा प्रकाशित | ७५ पटक पढिएको न्युज डेक्स

Spread the love

२१ असोज धादिङ ।   विश्व लगानीकर्ता सप्ताह २०२३ को अवसरमा धादिङको गजुरीमा लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम गरिएको छ । इम्पेरियल सेक्यूरिटीज कम्पनी लिमिटेड ( ब्रोकर नम्बर ४५) को आयोजनामा शेयर मार्केट सम्बन्धि आधारभूत जानकारी दिने र लगानी कर्तालाई वित्तिय साक्षरता तथा सचेतना अभिवृद्धि गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको धादिङ शाखाका प्रवन्धक मुना सिंखडाले बताउनुभयो ।

कार्यक्रममा शेयरको आधारभूत ज्ञानको विषयमा नेपाल धितोपत्र वोर्डका सहायक निर्देशक गौरव बरालले जानकारी गराउनु भएको थियो । आइपिओ, एफपिओ, निष्काशन, सूचिकरण, खरिद विक्रि प्रक्रिया लगायत विषयमा जानकारी गराइएको सिंखडाले बताउनुभयो ।

शेयर बजारको जोखिम, कस्तो समयमा बजारमा प्रवेश गर्ने, किन्दा र विक्रि गर्दा कस्तो कुरामा ध्यान दिनुपर्छ, शेयरबजारबाट कसरी मुनाफा लिने लगायतका विषयमा नेपाल धितोपत्र वोर्डका सहायक निर्देशक अशोक कुमार विष्टले जानकारी गराउनुभएको थियो ।

इम्पेरियल सेक्यूरिटीज कम्पनी लिमिटेड धादिङ शाखाले लगानी कर्तालाई वित्तिय साक्षरता तथा सचेतना अभिवृद्धि गराउन विभिन्न ठाउँमा कार्यक्रम गर्दै आएको छ । आइतबार धादिङको गजुरीमा आयोजित कार्यक्रममा ७० जनाको सहभागिता रहेको सिंखडाले बताउनुभयो ।

प्रतिक्रिया