May 2, 2024, 1:51 pm
 
» आफ्नो जन्म दिनको अवसरमा विद्यालयका  विद्यार्थीहरूलाई सहयोग » आजदेखि कक्षा १२ को परीक्षा सुरु : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी » ब्लुमिङ लोटस स्कुलले मनायो सांस्कृतिक कार्यक्रम सहित ३२ औं वार्षिकत्सव तथा अभिभावक दिवस  »   थाक्रे गाउँपालिका ३ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न ,१ सय ७ जनाले लिए सेवा  » एक हप्ता भित्र २८ जनामा कोरोना सङ्क्रमण

भारतीय सौर्यमिसनले सेल्फीसहित दुइ तस्वीर पठायो

September 7, 2023 मा प्रकाशित | १८६ पटक पढिएको न्युज डेक्स

Spread the love

२१ भाद्र,३०८० ।    भारतीय सौर्य मिसन आदित्य एल वानले सूर्यको बाटोबाट पहिलो तस्वीर पठाएको छ । भारतीय अन्तरिक्ष एजेन्सी इसरोले सौर्य मिशनले पठाएको पहिलो तस्वीर आज सार्वजनिक गरेको हो । आदित्यमा जडान गरिएका क्यामेराले तीन दिन अघि लिएको दुइ तस्वीर आज सार्वजनिक भएको हो । जसमा एउटा तस्वीरमा पृथ्वी र चन्द्रमालाई एउटै फ्रेममा देखाइएको छ । आदित्यले पठाएको तस्वीरमा पृथ्वी ठूलो आकारमा देखिएको छ भने चन्द्रमा बिन्दुमा देखिएको छ । दोस्रो तस्विर आदित्य एल वानको सेल्फी रहेको इसरोले बताएको । सार्वजनिक सेल्फीमा सौर्य मिसन बोकेको सातवटा बैज्ञानिक उपकरणमध्ये दुइवटा देखिएको छ । सौर्यमण्डलको सबैभन्दा ठूलो बस्तु सूर्यको अध्ययन गर्न भारतको पहिलो अन्तरिक्षमा आधारित मिशन सूर्यको नाममै राखिएको छ । सूर्यको हिन्दु देवता जसलाई आदित्य भनिन्छ । आदित्य एलवान लेग्रान्ज विन्दुतर्फ गइरहेको बीबीसीले उल्लेख गरेको छ । सौर्ययान लेग्रान्ज बिन्दु १ को पार्किङ स्पटमा पुगेपछि पृथ्वीकै गतिमा सूर्यको परिक्रमा गर्ने इसरोले बताएको छ । गत शनिबार प्रक्षेपण भएदेखि आदित्य एल वानले पृथ्वीको वरिपरि दुइ दुइ र पृथ्वीलाई तीन पटक परिक्रमा गरेपछि यो लेग्रान्ज बिन्दु एक तर्फ सोझिनेछ । भारतीय सौर्य मिसनले सूर्यलाई निरन्तर हेर्न र वैज्ञानिक अध्ययनहरु गर्न सक्षम हुनेछ ।

प्रतिक्रिया