May 3, 2024, 6:04 am
 
» आफ्नो जन्म दिनको अवसरमा विद्यालयका  विद्यार्थीहरूलाई सहयोग » आजदेखि कक्षा १२ को परीक्षा सुरु : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी » ब्लुमिङ लोटस स्कुलले मनायो सांस्कृतिक कार्यक्रम सहित ३२ औं वार्षिकत्सव तथा अभिभावक दिवस  »   थाक्रे गाउँपालिका ३ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न ,१ सय ७ जनाले लिए सेवा  » एक हप्ता भित्र २८ जनामा कोरोना सङ्क्रमण

ब्लुमिङ लोटस स्कुलले मनायो सांस्कृतिक कार्यक्रम सहित ३२ औं वार्षिकत्सव तथा अभिभावक दिवस 

April 9, 2024 मा प्रकाशित | ८० पटक पढिएको न्युज डेक्स

Spread the love

२७ चैत्र ,धार्के: धादिङको थाक्रे गाउपालिका   ८ मा रहेको ब्लुमिङ लोटस इङलिस माध्यमिक विद्यालयले ३२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस  मंगलबार मनाएको छ ।
वि .स २०४८ सालमा स्थापना भएको ब्लुमिङ लोटस इङलिस माध्यमिक विद्यालयले आज  सांस्कृतिक कार्यक्रम सहित ३२ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको विद्यालयका  प्रधानाध्यापक सञ्जीव गजुरेलले  बताउनु भयो ।
विद्यालयले कक्षा नर्सरी देखि कक्षा ९ सम्म अध्ययन गरी वार्षिक परीक्षामा प्रथम, द्वितीय, तृतीय हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेको गजुरेलको  भनाइ छ । 

अतिरिक्त क्रियाकलापमा सहभागि भएका विद्यार्थीहरूलाई पुरस्कार ,मेडल र प्रमाण पत्र समेत वितरण गरिएको छ।
त्यसै गरी पालिका र जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम, द्धितिय , तृतीय र सहभागिता जनाएका विद्यार्थीहरूलाई मेडल र प्रमाण पत्र वितरण गरिएको  थियो । विद्यालयले व्यवस्थापन समितिले अध्यापन गराउँदै आएका शिक्षक, शिक्षिकालाई सम्मान समेत गरेको  गरेको थियो। कार्यक्रममा विद्यालयका  विद्यार्थीहरूले विभिन्न किसिमका सांस्कृतिक प्रस्तुती देखाएका थिए।

विद्यालयका संस्थापक राधाकृष्ण अर्यालको अध्यक्षता रहेको कार्यक्रममा थाक्रे ८ का वडा अध्यक्ष प्रेम बहादुर थापाको प्रमुख आतिथ्यता रहेको थिए।  कार्यक्रममा बिभिन्न विद्यालयका प्रमुख तथा प्रतिनिधि ,शिक्षक ,शिक्षिका ,विद्यार्थी ,अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया