May 3, 2024, 3:50 am
 
» आफ्नो जन्म दिनको अवसरमा विद्यालयका  विद्यार्थीहरूलाई सहयोग » आजदेखि कक्षा १२ को परीक्षा सुरु : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी » ब्लुमिङ लोटस स्कुलले मनायो सांस्कृतिक कार्यक्रम सहित ३२ औं वार्षिकत्सव तथा अभिभावक दिवस  »   थाक्रे गाउँपालिका ३ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न ,१ सय ७ जनाले लिए सेवा  » एक हप्ता भित्र २८ जनामा कोरोना सङ्क्रमण

थाक्रेमा सामुदायिक वनहरूकाे नविकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम

January 28, 2024 मा प्रकाशित | ६५ पटक पढिएको न्युज डेक्स

Spread the love

१४ माघ, थाक्रे:  धादिङको थाक्रेमा वन तथा वातावरण नीति निर्माण एवं सामुदायिक वनहरूकाे नविकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम भएको छ।
आइतबार वन तथा वातावरण सम्बन्धि संबैधानिक एवं कानुनी व्यवस्थाका बारेमा डिभिजन वन कार्यालयका प्रमुख विष्णु प्रसाद आचार्यले सहभागीहरूलाई जानकारी गराउनु भएको छ।
संविधानकाे अनुसूची ८ ले सामुदायिक वनकाे बारेमा स्थानीय तहको अधिकार उल्लेख गरेको आचार्यले बताउनु भयो।
। उक्त कार्यक्रममा थाक्रे गाउपालिकाका अध्यक्ष रामकुमार आचार्यले उपस्थित सबैलाई स्वागत गर्दै वन सबैले जोगाइ राख्नु पर्ने र यस्का नीति नियममा रहेर सामुदायिक वनहरुले काम गर्नु पर्ने बताउनु भयो। सामुदायिक वनको पालिकाले पनि अब नवीकरणको प्रक्रिया, समिती भेला ,लगायतको विषयमा सहजीकरण गर्दै जाने र यसलाई व्यवस्थापन गर्दै जाने बताउनु भयो।
थाक्रे गाउपालिका ,डिभिजन वन कार्यलय धादिङ र सृष्टि फाउन्डेसनको आयोजना तथा अन्य विभिन्न सस्थाको समन्वयमा भएको कार्यक्रममा प्रमुख प्रसाशकिय अधिकृत मान बहादुर बराल, सृष्टि फाउन्डेसनका अध्यक्ष अम्बिका रुपाखेती ,डिभिजन वन कार्यलय धादिङका वन अधिकृत राज कुमार ठाकुर लगायत विभिन्न पधाधिकारी हरु , वडाका वडा अध्यक्ष ,सदस्य सामुदायिक वनका विभिन्न ब्यक्ति हरु लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया