May 3, 2024, 11:57 am
 
» आफ्नो जन्म दिनको अवसरमा विद्यालयका  विद्यार्थीहरूलाई सहयोग » आजदेखि कक्षा १२ को परीक्षा सुरु : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी » ब्लुमिङ लोटस स्कुलले मनायो सांस्कृतिक कार्यक्रम सहित ३२ औं वार्षिकत्सव तथा अभिभावक दिवस  »   थाक्रे गाउँपालिका ३ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न ,१ सय ७ जनाले लिए सेवा  » एक हप्ता भित्र २८ जनामा कोरोना सङ्क्रमण

थाक्रेमा झोल साबुन बनाउने तालिम सुरु

April 17, 2024 मा प्रकाशित | ९९ पटक पढिएको न्युज डेक्स

Spread the love

५ बैशाख, थाक्रे :   थाक्रे गाउँपालिका महादेवबेसी, धादिङमा झोल साबुन बनाउने तालिम सुरु भएको छ।
सृष्टि फाउण्डेसन नेपालको आयोजना  तथा थाक्रे गाउँपालिका पालिकाको सहकार्यमा  “आफ्नै उत्पादन, आफ्नै बजार, आफै प्रयोगकर्ता आफै स्वरोजगार” भन्ने नाराको साथ आयातित सामानहरूको प्रतिस्थापन र स्थानीय बजार प्रवर्द्धन कार्यक्रम अन्तर्गत पालिकाको हलमा  झोल साबुन हर्पिक, फिनेल र कोलिन बनाउने तालिम सञ्चालन गरिएको फाउण्डेसन नेपालका अध्यक्ष अम्बिका रूपाखेतीले बताउनु भयो।

तालिम उद्घाटन सत्रका प्रमुख अतिथि एवं थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले निकै महत्वपूर्ण तालिम रहेकोले उपस्थित सबैलाई राम्रो सित ज्ञान लिनु हुन् र तालिम तालिममा मात्र सिमित नरही आफूहरूले व्यवहारमा पनि लागू गर्न आग्रह गर्नु भयो।
व्यवसायिक रुपमा काम गर्ने हरूको लागि पालिकाले पनि सहजीकरण गर्ने र सक्दो सहयोग गर्ने बताउँदै बजारको लागि पनि पहल गर्ने बताउनु भयो।

उद्घाटन कार्यक्रममा वडाका वडा अध्यक्षहरू , महिला दिदी बहिनी हरू लगायतको सहभागिता रहेको थियो।  तालिम भोलि ६ गते सम्म सञ्चालन हुनेछ भने तालिमको सहजीकरण भने अप्सरा पौडेलले गर्नु भएको छ

प्रतिक्रिया