May 3, 2024, 3:58 am
 
» आफ्नो जन्म दिनको अवसरमा विद्यालयका  विद्यार्थीहरूलाई सहयोग » आजदेखि कक्षा १२ को परीक्षा सुरु : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी » ब्लुमिङ लोटस स्कुलले मनायो सांस्कृतिक कार्यक्रम सहित ३२ औं वार्षिकत्सव तथा अभिभावक दिवस  »   थाक्रे गाउँपालिका ३ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न ,१ सय ७ जनाले लिए सेवा  » एक हप्ता भित्र २८ जनामा कोरोना सङ्क्रमण

आज रामनवमी पर्व मनाइदै

April 17, 2024 मा प्रकाशित | ३९ पटक पढिएको न्युज डेक्स

Spread the love

५ बैशाख, २०८१:   आज चैत्रशुक्ल नवमी अर्थात् रामनवमी। सनातन हिन्दु धर्मावलम्बीले भगवान् रामको पूजाआराधना गरी यो पर्व मनाउँदै छन्।

त्रेतायुगमा भगवान् विष्णुको सातौँ अवतारको रूपमा अयोध्यामा जन्मिएका राम मर्यादापुरूषका रूपमा परिचित छन्। अयोध्याका राजा दशरथका जेष्ठ पुत्रका रूपमा कौशल्याको गर्भबाट यही तिथिमा रामको जन्म भएको श्रीमद्भागवत महापुराण नवमस्कन्ध दशौँ अध्यायमा उल्लेख छ।

उहाले रावणलगायतका आसुरी शक्तिको अन्त्य गरी पृथ्वीमा शान्ति ल्याएको इतिहास पुराणमा उल्लेख छ। ​कर्तव्यपालनाको दृष्टान्त दिँदा राम र लोककल्याणकारी राज्यको उदाहरण दिँदा रामराज्यको उल्लेख गरिन्छ।

रामनवमी पर्वमा रामको चरित्र वर्णन गरिएका भागवतलगायतका पुराण, रामायणलगायतका ग्रन्थ पाठ गर्ने पनि परम्परा छ। ​रामनवमीको अवसरमा उनको जन्मभूमि अयोध्या (भारत) र ससुराली जनकपुर (नेपाल) क्षेत्रमा उत्सव चल्छ।

रामनवमीका अवसरमा काठमाडौंमा बत्तीसपुतली र पाशुपतक्षेत्रस्थित राममन्दिरमा भक्तजनको घुइँचो लागेको छ। रामनवमीकै दिन वासन्ती नवरात्र पूरा हुन्छ।

प्रतिक्रिया