May 3, 2024, 7:10 am
 
» आफ्नो जन्म दिनको अवसरमा विद्यालयका  विद्यार्थीहरूलाई सहयोग » आजदेखि कक्षा १२ को परीक्षा सुरु : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी » ब्लुमिङ लोटस स्कुलले मनायो सांस्कृतिक कार्यक्रम सहित ३२ औं वार्षिकत्सव तथा अभिभावक दिवस  »   थाक्रे गाउँपालिका ३ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न ,१ सय ७ जनाले लिए सेवा  » एक हप्ता भित्र २८ जनामा कोरोना सङ्क्रमण

गजल

April 5, 2024 मा प्रकाशित | १४४ पटक पढिएको न्युज डेक्स

Spread the love

२३ चैत्र ,२०८०:

चट्ट घुमाउने पाली भएको घर भएको राम्रो
एकतले नै होस् ,छाउन त खर भएको राम्रो।

धाउदा उकालो ,ओरालो थकाइ लाग्दाखेरी
बस्नलाइ चौतारोमा पिपल वर भएको राम्रो।

सफर गर्दा सङसङ्गै जिन्दगिका गोरेटोहरुमा
थोरै शंका,धेरै माया त्यस्तै भर भएको राम्रो।

एकोहोरो भइ ख्याल नगर्दा सम्बन्ध बिग्रीएला
एकाअर्कालाई गुमाउछु भन्ने डर भएको राम्रो।

हेर्ने दृष्टिकोण नै फरक हुन्छ घरबार बिग्रेपछी
बाचुन्जेल जस्तै खोलिलाइ बगर भएको राम्रो।

सनिता चेपाङ …….✍️

————————————————-————

प्रतिक्रिया