May 2, 2024, 11:29 am
 
» आफ्नो जन्म दिनको अवसरमा विद्यालयका  विद्यार्थीहरूलाई सहयोग » आजदेखि कक्षा १२ को परीक्षा सुरु : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी » ब्लुमिङ लोटस स्कुलले मनायो सांस्कृतिक कार्यक्रम सहित ३२ औं वार्षिकत्सव तथा अभिभावक दिवस  »   थाक्रे गाउँपालिका ३ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न ,१ सय ७ जनाले लिए सेवा  » एक हप्ता भित्र २८ जनामा कोरोना सङ्क्रमण

केही मानवीय स्वभाव

April 4, 2024 मा प्रकाशित | ९९ पटक पढिएको न्युज डेक्स

Spread the love

२२ चैत्र २०८०: 

न आफ्नो सपार्छ ऊ मात्रै अरूकाे बिगार्छ
मै हुँ भन्छ तर आफैंले आफैंलाई पछार्छ ।

नहुने नमिल्नेकाे पछि फाल्छ समय ऊ
हुने कुरा बरू अनेक बहानामा टार्छ ।

मन लाग्याे मुस्कुराउँछ आकाश खुलेझैं
चित्त बुझेन त उसकाे टाउको बटार्छ ।

बगलीमा छुरा बाेकी मुखले राम राम
चिप्लो घसीघसी उसैले रनभुल्ल पार्छ ।

माैका पायाे अलकत्र नि नछाड्ने नियत
नीहित स्वार्थका लागि जताततै चहार्छ ।

बद्रीनाथ गैह्रे …….✍️

————————————————-

प्रतिक्रिया