May 3, 2024, 5:49 am
 
» आफ्नो जन्म दिनको अवसरमा विद्यालयका  विद्यार्थीहरूलाई सहयोग » आजदेखि कक्षा १२ को परीक्षा सुरु : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी » ब्लुमिङ लोटस स्कुलले मनायो सांस्कृतिक कार्यक्रम सहित ३२ औं वार्षिकत्सव तथा अभिभावक दिवस  »   थाक्रे गाउँपालिका ३ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न ,१ सय ७ जनाले लिए सेवा  » एक हप्ता भित्र २८ जनामा कोरोना सङ्क्रमण

धार्केमा मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न , बैँक तथा वित्तिय सँस्थाले जिते ४६ किलोको खसी

March 24, 2024 मा प्रकाशित | ९७ पटक पढिएको न्युज डेक्स

Spread the love

११ चैत, २०८०:   धार्केको व्यवसायी र बैँक तथा वित्तिय सँस्था बिच मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ।
होलीको अवसरमा आयोजना गरिएको मैत्रीपुर्ण फुटबल प्रतियोगितामा व्यवसायीहरुलाई २का बिरुद्ध ३ गोल हानेर बैँक तथा वित्तिय सँस्थाले ४६ किलोको खसी जितेका हुन् ।

वसन्त ऋतुको आगमनको उल्लासमा मनाइने यो पर्व एक अर्कालाई विभिन्न प्रकारका रङ दलेर र पानी छ्यापेर मनाउने चलन छ। यो पर्वलाई कटुता समाप्त गरी एक–आपसमा खुसी साट्ने दिनका रूपमा लिने गरिन्छ ।उक्त अवसरमा रमाइलो र भाइचाराको सम्बन्धलाई राम्रो बनाउनको लागि धुनिवेशी नगरपालिका ५, पुरानो धार्केमा रहेको खेल मैदानमा आइतबार बिहान मैत्रीपुर्ण फुटबल प्रतियोगिताको आयोजना गरिएको व्यवसायी,र बैँक तथा वित्तिय सँस्थाले बताएका छन्।

प्रतिक्रिया