May 2, 2024, 7:24 am
 
» आफ्नो जन्म दिनको अवसरमा विद्यालयका  विद्यार्थीहरूलाई सहयोग » आजदेखि कक्षा १२ को परीक्षा सुरु : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी » ब्लुमिङ लोटस स्कुलले मनायो सांस्कृतिक कार्यक्रम सहित ३२ औं वार्षिकत्सव तथा अभिभावक दिवस  »   थाक्रे गाउँपालिका ३ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न ,१ सय ७ जनाले लिए सेवा  » एक हप्ता भित्र २८ जनामा कोरोना सङ्क्रमण

थाक्रे १० मा आधुनिक माैरीपालन सम्बन्धि ३ दिने तालिम सम्पन्न

March 20, 2024 मा प्रकाशित | १६७ पटक पढिएको न्युज डेक्स

Spread the love

७  चैत्र,थाक्रे:  धादिङको थाक्रे गाउँपालिका वडा नं १० काे सामूदायिक भवनमा आधुनिक माैरीपालन सम्बन्धि ३ दिने तालिम सम्पन्न भएकाे छ।

व्यवसायिक कीट विकास केन्द्र धुनिवेशी धादिङकाे आयाेजना र थाक्रे गाउँपालिका वडा  नं १०काे समन्वयमा संचालन भएकाे   तालिममा २६ जना कृषकहरु सहभागीता रहेको थियो ।   तालिममा माैरीकाे घारगाेला व्यबस्थापन लगायत माैरी पालन गर्दा कृषकले जान्नु पर्ने प्राविधिक ज्ञान सीप बारे बिषयवस्तु प्रस्तुत गरिएको थियो ।  तालिममा व्यवसाियक किट फार्मका कार्यालय प्रमुख सुधिर पाैडेल, लगायत कृषि प्राबिधिकहरुले प्रशिक्षण दिनु  भएकाे थियाे। तालिम पश्चात् सम्पुर्ण सहभागिलाई   कार्यालयले १/१ वटा माैरीपालनमा आवश्यक हुने घुम्टि/ टाेपि नि:शुक्ल बितरण गरिएकाे थियाे ।

तालिम समापन कार्यक्रममा  नं १० का वडा अध्यक्ष गाेकुल प्रसाद लामिछाने सहित जनप्रतिनिधिहरु,स्थानीय लगायतको  उपस्थिति रहेकाे कृषि प्राबिधिक राजेन्द्र रुपाखेतीले टोलटोलको खबरलाइ जानकारी दिनु भयो।

प्रतिक्रिया