May 3, 2024, 9:54 am
 
» आफ्नो जन्म दिनको अवसरमा विद्यालयका  विद्यार्थीहरूलाई सहयोग » आजदेखि कक्षा १२ को परीक्षा सुरु : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी » ब्लुमिङ लोटस स्कुलले मनायो सांस्कृतिक कार्यक्रम सहित ३२ औं वार्षिकत्सव तथा अभिभावक दिवस  »   थाक्रे गाउँपालिका ३ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न ,१ सय ७ जनाले लिए सेवा  » एक हप्ता भित्र २८ जनामा कोरोना सङ्क्रमण

धादिङ जिल्लास्तरिय एन्फा लिग फुटबल आज देखि शूरु, पहिलो खेलमा धुनिवेशी युवा समाज विजय

March 10, 2024 मा प्रकाशित | ६९ पटक पढिएको न्युज डेक्स

Spread the love

 २७ फागुन ,धादिङ :    धादिङ जिल्लास्तरिय एन्फा लिग फुटबल प्रतियोगिता आजदेखी सुरु भएको छ ।
धादिङ जिल्ला फुटबल संघको आयोजनामा धुनिवेशी ५ स्थित निर्माणाधिन धुनिवेशी खेल मैदानमा आइतबार देखी दशौँ जिल्ला लिग फुटबल प्रतियोगिता सुरु भएको हो।

आज भएको उद्घाटन खेलमा धुनिवेशी युवा समाज १–० ओल अन्तरले विजयी भएको छ। आज आइतबार दिउँसो भएको खेलमा विद्यार्थी उपकार संघ नीलकण्ठ धुनिवेशी युवा समाज सगं १–० गोल अन्तरले पराजित भएको धुनिवेशी युवा समाजका सचिव भुवन श्रेष्ठले बताउनु भयो ।
अर्काे खेल भोलि विहान ८ः ३० बजे गजुरी सामुदायीक विकास समाज गजुरी र इन्द्राणी युवा क्लव–गजुरी वीच खेल हुने छ ।
जिल्लाभरीका १० वटा क्लबले भाग लिएको यस प्रतियोगितामा दुई समुहमा विभाजन गरेर खेलाउन सुरु गरिएकोे संघका अध्यक्ष रमेश अधिकारीले बताउनु भयो ।

उहाँका अनुसार प्रथम हुने टिमलाई १ लाख ५० हजार, दोस्रो हुने टिमलाई ७५ हजार र सेमिफाईनलमा प्रवेश गर्ने दुई टिमलाई २५र२५ हजार रुपैँयाको नगद पुरस्कार प्रदान गरिने छ । यस्तै पाँच उत्कष्ट विधामा पर्ने खेलाडीहरुलाई ५ हजार प्रदान गरिने पनि अध्यक्ष अधिकारीले बताउनुभयो ।

यस प्रतियोगिताको उद्घाटन गर्नु हुदै बागमती प्रदेशका सदस्य मदुकुमार श्रेष्ठले आफु पनि खेल प्रेमी भएकोले खेल क्षेत्रलाई जोगाइराख्न आफुले सक्दो सहयोग गर्ने बताउनु भयो।

तेस्तै उद्घाटन सत्रमा बोल्नु हुँदै धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य नगरले लगानी गरेर निर्माण गरेको जिल्ला कै पहिलो सुविधा सम्पन्न धुनिवेशी खेल मैदानमा दशौँ जिल्ला लिग फुटबल प्रतियोगिता खेलाउन पाउँदा आफू खुसी भएको बताउनु भयो।


चैत्र ६ गते सम्म सञ्चालन हुने प्रतियोगितामा गजुरी सामुदायीक विकास समाज–गजुरी, भद्रकाली सामुदायीक विकास समाज–बेनीघाट रोराङ, इन्द्राणी युवा क्लव–गजुरी, पञ्चकन्या युवा क्लव–थाक्रे, ब्वाईज युनाईटेड–नीलकण्ठ, विद्यार्थी उपकार संघ–नीलकण्ठ, धुनीबेसी युवा क्लव–धुनीबेसी, धादिङ सामाज धादिङ–नीलकण्ठ, गलौदी युवा क्लव–गजुरी र न्यू स्टार युवा क्लव–थाक्रे सहभागी भएका छन।

प्रतिक्रिया