May 3, 2024, 4:46 am
 
» आफ्नो जन्म दिनको अवसरमा विद्यालयका  विद्यार्थीहरूलाई सहयोग » आजदेखि कक्षा १२ को परीक्षा सुरु : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी » ब्लुमिङ लोटस स्कुलले मनायो सांस्कृतिक कार्यक्रम सहित ३२ औं वार्षिकत्सव तथा अभिभावक दिवस  »   थाक्रे गाउँपालिका ३ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न ,१ सय ७ जनाले लिए सेवा  » एक हप्ता भित्र २८ जनामा कोरोना सङ्क्रमण

धुनिवेशी खेलमैदानमा २७ गते देखी जिल्लास्तरिय एन्फा लिग फुटबल प्रतियोगिता हुने (भिडियो सहित)

March 8, 2024 मा प्रकाशित | ५६ पटक पढिएको न्युज डेक्स

Spread the love

२५ फागुन, २०८०:  धुनिवेशीमा जिल्लास्तरिय एन्फा लिग फुटबल प्रतियोगिता हुने भएको छ । फागुन २७ गते आईतबार देखी धादिङको धुनिवेशी ५ मा रहेको धुनिवेशी खेल मैदानमा दशौँ जिल्ला लिग फुटबल प्रतियोगिता आयोजना हुने आयोजक धादिङ जिल्ला फुटबल सँघले पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । सँघका अध्यक्ष रमेश अधिकारीले दुई समुहमा विभाजन गरेर खेलाईने प्रतियोगितामा जिल्लाभरीका १० वटा क्लबले भाग लिने बताउनुभयो । उहाँका अनुसार प्रथम हुने टिमलाई १ लाख ५० हजार, दोस्रो हुने टिमलाई ७५ हजार र सेमिफाईनलमा प्रवेश गर्ने दुई टिमलाई २५/२५ हजार रुपैँयाको नगद पुरस्कार प्रदान गरिने छ । यस्तै पाँच उत्कष्ट विधामा पर्ने खेलाडीहरुलाई ५ हजार प्रदान गरिने अध्यक्ष अधिकारीले बताउनुभयो ।

पत्रकार सम्मेलनमा सँघका महासचिव रामहरी थापाले फिफा र एएफसीको नियम अनुसार खेलाईने खेलका विजेता क्लब नै स्वत बागमती प्रदेश फुटबल प्रतियोगितामा सहभागी हुने बताउनुभयो ।

प्रतियोगिताको सहआयोजक रहेको धुनिवेशी युवा समाजका अध्यक्ष दिनेश आचार्यले प्रतियोगिता सफल रुपमा सम्पन्न गर्न आफुहरुले खेल मैदानको व्यवस्थापन लगायतका कामहरु गरिरहेको बताउनुभयो ।

यस्तै समाजका सचिव भुवन श्रेष्ठले धुनिवेशीमा हुन लागेको जिल्ला स्तरिय प्रतियोगितामा खेलाडीहरु जिल्ला भित्रकै हुनुपर्ने र जिल्ला भित्रका खेलाडी नभएमा स्वतः प्रतिस्पर्धी टिम विजयी घोषणा गरिने बताउनुभयो ।

उक्त लिगका लागि अखिल नेपाल फुटबल सँघले ३ लाख रुपैँया सहयोग गर्ने भएको छ । जिल्लाका धुनिवेशी नगरपालिका सहित निलकण्ठ नगरपालिका, थाक्रे, गल्छि, गजुरी, बेनिघाट रोराङ र सिद्धलेक गाउँपालिकाले पनि प्रतियोगितामा साझेदारी गर्ने भएका छन् ।

प्रतियोगिता सम्पन्न गर्न १३ देखी १५ लाख रुपैँया खर्च हुने आयोजकले जनाएको छ । फागुन २७ गते देखी सुरु हुने प्रतियोगिता चैत्र ६ गते सम्म सञ्चालन हुनेछ ।

भिडियो हेर्नुहोस:

प्रतिक्रिया