FLASH NEWS


यस्तो छ आजको मौसम

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८१ फागुन १०, शनिबार (२० घण्टा अघि)
  • ५२

    Shares

यस्तो छ आजको मौसम

काठमाडौं :   देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकोले मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ ।

अनुसार कर्णाली, सुदुरपश्चिमलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको र यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन अनुरोध गरिएको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

२० घण्टा अघि

यस्तो छ आजको मौसम

यो साताको प्रचलित

खोजी गर्नुहोस