FLASH NEWS


धुनिवेशी ६ का चेपाङ समुदायलाई कपडा वितरण

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ फागुन ९, शुक्रबार (१ दिन अघि)
  • ७९

    Shares

धुनिवेशी ६ का चेपाङ समुदायलाई  कपडा वितरण

धार्के:  धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ६ मा रहेका चेपाङ समुदायलाई जाडो र गर्मीको कपडा वितरण गरिएको छ ।

विपन्न तथा सिमान्तकृत चेपाङ समुदायका यक्तिहरूलाई Cloth And Food Bank को आयोजनामा जाडो र गर्मी मौसममा लगाउने कपडा वितरण गरिएको नगरपालिकाका प्रवक्ता एवम् ६ नम्बर वडा अध्यक्ष रमेश प्रसाद आचार्यले बताउनु भयो ।

वडा भित्र रहेका १६ घर चेपाङ परिवारका ६६ जना व्यक्तिहरुलाई न्यानो र गर्मीमा लगाउने कपडा वितरण गरिएको हो। ६ नम्बर वडामा मात्रै विपन्न चेपाङ समुदायको बसोबास रहेको छ। कपडा वितरण कार्यक्रमबाट उक्त समुदायका मानिसहरु राहत पुगेको छ । यस्ता कार्यक्रमले विपन्न परिवारहरूमा उत्साह र हौंसला प्रदान गर्ने काम भएको वडा अध्यक्ष आचार्यको भनाई छ । उहाँले स्वर्गीय विष्णुप्रसाद उप्रेतीको इच्छा बमोजिम यस कार्यक्रम गर्ने प्रेरणा मिलेको बताउनु भयो ।

आगामी दिनमा समेत यस्ता किसिमका कार्यक्रमहरू सञ्चालन गर्न सधैँ तयार रहेको बैंकका नागरिक सम्पर्क संयोजक अशोक शर्माले बताउनु भयो।

Cloth And Food Bank बैंकका अध्यक्ष कमल जिसीको सहयोगमा भएको उक्त कार्यक्रममा धुनिवेशी नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ६ का अध्यक्ष रमेश प्रसाद आचार्यको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वडाका वडा सदस्य ईश्वरप्रसाद चापगाई, सानुमया काफ्ले,बैंकका नागरिक सम्पर्क संयोजक अशोक शर्मा,बैंकका अन्य सदस्यहरू,समाजसेवी दिलिप उप्रेती लगायतको उपस्थिति रहेको थियो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

१२ घण्टा अघि

यस्तो छ आजको मौसम

यो साताको प्रचलित

खोजी गर्नुहोस