७६
Sharesकाठमाण्डौ: नेपालको कृषिमा रुपान्तरणका लागि आवश्यक पर्ने प्रविधि र ज्ञान हस्तान्तरणका लागि इजरायल सधै सकारात्मक रहेको नेपालका लागि इजरायली राजदूत श्मुलिक एरी बासले बताउनु भएको छ ।
नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. को केन्द्रीय कार्यालय धोविघाट ललितपुरमा भएको संघका अध्यक्ष खेम बहादुर पाठक र उच्च व्यवस्थापनसंग भएको छलफलका क्रममा राजदूत बासले यस अघि लर्न एण्ड अर्न कार्यक्रम मार्फत इजरालय गएर फर्केका युवाहरुले गरेको कृषि कर्मबाट आफु अत्यन्तै प्रभावित भएको भन्दै यस कार्यक्रमलाई निरन्तरता दिने विषयमा आफु सकारात्मक रहेको बताउनुभएको हो ।
उहाँले इजरायलमा कृषि उत्पादन तथा उत्पादकत्व बढाउन प्रयोग भईरहेको प्रविधि नेपालमा प्रयोग गर्न सके किसानहरुको जीवनस्तर माथी उठाउन सकिने बासले बताउनुभयो । तेस्तौ उहाले नेपाल कृषि सहकारी केन्द्रीय संघले पशुपालन व्यवसायको प्रवर्धनका लागि साना किसानहरूलाई पु¥याएको सेवाको विषयमा मुक्तकण्ठकले प्रशंसा गर्नुभयो । लर्न एण्ड अर्न कार्यक्रमको स्मरण गर्दै महामहिमले उक्त कार्यक्रममा नेपालीहरूले देखाएको मेहनत र लगनशीलता को बारेमा चर्चा गर्दै इजरायलबाट शिप सिकेर नेपालमा केही गरिरहेका किसानहरूले गरेको व्यवसायहरूको अवलोकन गरेको र धेरै जना यस कार्यक्रमबाट लाभान्वित भएको देख्न पाउँदा आफू निकै खुसी भएको बताउनुभयो ।
राजदूतले साना किसान कृषि सहकारी संस्थाहरुले पछाडि पारिएका दलित, लोपन्मुख र अल्पसंख्यक जातिमा कृषि व्यवसायको प्रवर्धन मार्फत आर्थिक योगदान पु¥याएकोे विषयमा पनि प्रशंसा गर्नुभएको थियो । ईजरायल सरकारबाट लर्न एण्ड अर्न कार्यक्रमलाई अगाडि बढाउने बारे आफू निकै सकारात्मक रहेको र केन्द्रीय संघ मार्फत र साना किसान लघुवित्त वित्तीय संस्था मार्फत कृषि क्षेत्रमा थप सहकार्य गर्ने बारेमा राजदुतावास सकारात्मक रहेको जानकारी गराउनुभएको थियो ।
साथै इजरायली कृषक तथा नेपाली कृषक बीच जुम मिटिङ मार्फत केही प्रविधि सिकाउन सक्ने बारे पनि छिट्टै पहल गर्ने जानकारी गराउनुभयो । उहाँले समसामयिक विषयलाई थप प्रष्ट पार्दै हाल ईजरायलमा त्यस्तो खासै द्वन्दको अवस्था नरहेको र उच्च शिक्षा हासिल गर्नका लागि नेपाली विद्यार्थीहरूको लागि पनि अहिले वातावरण सामान्य र अनुकूल बन्दै गएको जानकारी गराउनुभयो ।
छलफलका क्रममा नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. का अध्यक्ष खेमबहादुर पाठकले इजरायल दुताबासद्वारा साना किसानहरुका लागि गरेको सहयोगको प्रशंसा गर्नुभयो । उहाँले लर्न एण्ड अर्न कार्यक्रमलाई परिमार्जन गर्दै निरन्तरता दिन समेत अनुरोध गर्नुभयो । मूलतः कृषि सम्बन्धी कार्यक्रम सरकार वा सरकारी निकाय—निकाय भन्दा पनि साना किसानहरूसँग प्रत्यक्ष रुपमा संलग्न रहेको यस केन्द्रीय संघबाट कार्यक्रम लिएर जाँदा थप प्रभावकारी र फलदायी हुने समेत जानकारी गराउनुभयो। ।
अध्यक्ष पाठकले लर्न एण्ड अर्न कार्यक्रमको योग्यतामा उमेर हदबन्दी र शैक्षिक योग्यताका विषयमा थप परिमार्जन गर्न सके यस कार्यक्रम अझ दिगो र अझ प्रभावकारी हुनसक्ने स्पष्ट पार्नु भयो । साना किसानहरूको उत्पादन र उत्पादकत्व वृद्धिका लागि इजरायलले प्रयोग गरिरहेका नविनतम प्रविधिका विषयहरु यहाँका किसानहरुलाई पनि सिकाउन सके धेरै नै टेवा पुग्ने भन्दै उहाँले त्यस किसिमको सहयोग गर्नका लागि राजदूत मार्फत इजरायली सरकारलाई अनुरोध गर्नुभयो । किसानहरुलाई सैद्धान्तिक ज्ञानसंगै प्रयोगात्मक सीप सिकाउने उद्धेश्यका साथ केन्द्रीय संघले चितवनमा सुरु गरेको तालिमकेन्द्रलाई थप व्यवस्थित र विस्तार गर्ने विषयमा समेत राजदूतलाई जानकारी गराउँदै अध्यक्ष पाठकले तालिम तथा अनुसन्धान केन्द्रको स्तरोउन्तीका लागि सहयोग गर्न समेत अनुरोध गर्नुभयो ।
छलफल कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. का निमित्त महाप्रवन्धक मीना पोखरेलले नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको परिचय र यसले साना किसान मार्फत कृषि तथा पशुपालन विषयमा पारेको सकारात्मक प्रभावका बारेमा प्रस्तुती गर्नुभएको थियो । साथै उहाँले इजरायल र केन्द्रीयसंघ बीच हुनसक्ने भावी सहकार्यका विषयमा समेत प्रष्ट पार्नुभएको थियो ।
तेस्तै छलफलमा इजरायली राजदूतावासका Chief of Mission Janan Bebar , नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. का कार्यक्रम प्रवन्धक, प्रवन्धक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।
(एग्रो खबर बाट साभार)