FLASH NEWS


गुम्दीमा बाल विवाह अन्त्य सम्बन्धि सचेतनामुलक अनुशिक्षण कार्यक्रम सम्पन्न ।

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ फागुन ५, सोमबार (४ दिन अघि)
  • ८६

    Shares

गुम्दीमा बाल विवाह अन्त्य सम्बन्धि सचेतनामुलक अनुशिक्षण कार्यक्रम सम्पन्न ।

गुम्दी  ,धादिङ :   बाल विवाह अन्त्य सम्बन्धि सचेतनामुलक  अनुशिक्षण कार्यक्रम  गुम्दीमा   सम्पन्न भएको छ ।
सोमबार गंगाजमुना गाउँपालिकाको आयोजनामा माध्यमिक तह कक्षा ८-१०  का बिद्यार्थीहरुको लागि १ दिने अनुशिक्षण गरिएको हो ।

सोमबार  सम्पन्न भएको कार्यक्रममा  गंगाजमुना वडा नं ३ मा अवस्थित चिमचोक माविमा  ७४ जना  र कल्याण माविमा ५८  बिद्यार्थीहरुको सहभागीता रहेको थियो ।
अनुशिक्षण कार्यक्रममा  नेपालमा बालबालिका तथा बालविवाहको बिद्यमान अवस्था र कानुनी प्रावधान, समसामयिक चुनौती र समाधान  , बाल विवाह नियन्त्रण तथा रोकथाम  उपायहरु, भएका प्रयासहरु, बाल बिवाहको कारण  र त्यसको असर, बाल अधिकार, बाल विवाह कारण हुने नकारात्मक असरहरु,सजायको व्यवस्था,बाल विवाह न्युनिकरणमा सरोकारवालाहरुको भुमिका  लगायतका बिषयमा प्रयास नेपाल,धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले प्रशिक्षण दिनु भएको थियोे ।

अनुशिक्षण  कार्यक्रममा गंगाजमुना गाउँपालिका महिला ,बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख प्रतिमा भट्ट,गंगाजमुना  गाउँपालिका वडा नं ३ का सदस्य , चिमचोक र कल्याण माविका प्रधानाध्यापकहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष,बालक्लबका अध्यक्षहरु  लगायतको सहभागी रहेको प्रयास नेपाल धादिङका जेण्डर च्याम्पियन शर्मिला गुरुङले जानकारी दिनु भयो ।

कार्यक्रम सहभागी विद्यार्थीहरुले आफुहरुले बाल विवाह नगर्ने ,साथीहरूको बाल विवाह हुन लागेको जानकारी भएमा सम्बन्धित निकायमा  सुचना दिने , अभिभावकहरुलाइ भेटि सम्झाउने र बाल विवाह विरुद्ध आवाज उठाउने प्रतिबद्धता गरेका  पनि गुम्दीबाट शर्मिला गुरुङले जानकारी दिनु भयो ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

२ घण्टा अघि

यस्तो छ आजको मौसम

यो साताको प्रचलित

खोजी गर्नुहोस