FLASH NEWS


धादिङमा पत्रकारहरुलाई क्षमता अभिवृद्धि तालिम र घुम्ती शिविर सम्पन्न

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ माघ २९, मंगलबार (४ हप्ता अघि)
  • १०५

    Shares

धादिङमा पत्रकारहरुलाई क्षमता अभिवृद्धि तालिम र घुम्ती शिविर  सम्पन्न

धादिङ :  दुर्गम क्षेत्रका पत्रकारहरुको क्षमता अभिवृद्धि तालिम तथा प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण र अनलाइन सञ्चार माध्यम दर्तानविकरण घुम्ती शिविर धादिङबेसीमा सोमबार सम्पन्न भएको छ।

सूचना तथा प्रसारण विभागको आयोजना र नेपाल पत्रकार महासंघ धादिङको सहकार्यमा आयोजित कार्यक्रममा प्रेस प्रतिनिधी प्रमाणपत्र वितरण तथा अनलाइन सञ्चार माध्यम दर्ता नविकरण सम्बन्धी घुम्ती शिविर कार्यक्रम सञ्चालन भएको थियो । शिविरमा २ अनलाईन दर्ता, २ अनलाईन नवीकरण, १८ जनाको प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण गरिएको थियो ।

क्षमता अभिवृद्धि तालिममा समाचारको आधारभूत ज्ञान, अन्तरर्वार्ता, मोबाईल जर्नालिजमका बारेमा डा. विजय कुमार मिश्र र रामशुभक महतोले सहजीकरण गर्नुभएको थियो ।

पत्रकार महासंघको हलमा संचालित ३ दिने तालिममा ४४ जना पत्रकारहरुको सहभागीता थियो । कार्यक्रमको उद्घाटन नीलकण्ठ नगरपालिका प्रमुख भिमप्रसाद ढुंगानाको प्रमुख आतिथ्यमामा भएको थियो ।

नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रम समानको अबसरमा सूचना तथा प्रसारण विभागका निर्देशक पुर्णिमा उपाध्याय, प्रशिक्षक डा। विजय मिश्र, नेपाल पत्रकार महासंघ धादिङका सल्लाहकार राजन अधिकारी, पत्रकार पोषनाथ अधिकारी, लगायतले शुभकामना दिनुभयो ।सहभागिहरुलाई प्रमाणपत्रवितरण गर्दै सुचनातथा प्रससारण विभागका निर्देशक उपाध्यायले अहिले सिकेका अनुहार पछिका ठुला पत्रकार हुने आशा व्यक्त गर्दैद तालिमको समापनले सिकाईको सुरुवात भएको बताउनुभयो ।

सुचना तथा संचार विभागका निर्देशक उपाध्याय सहितको टिमलाई मायाँको चिनो पत्रकार महांघ धादिङको तर्फबनट अध्यक्ष सिताराम अधिकारीले दिनुभयएको थियो ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस