FLASH NEWS


धादिङमा शनिबार यी स्थानमा विद्युत सेवा अवरुद्ध हुने

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ माघ २६, शनिबार (१ महिना अघि)
  • १३७

    Shares

धादिङमा शनिबार यी स्थानमा विद्युत सेवा अवरुद्ध हुने

धादिङ:    धादिङका बिभिन्न स्थानमा आज शनिबार विद्धुत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणको धादिङ वितरण केन्द्रले एक सुचना जारी गर्दै शनिबार आज देविघाट सवस्टेशनदेखि रातमाटे सास हुँदै धादिङवेशी–जरे–सल्यानटार ३३ के.भी. प्रसारण लाइनको दायाँ–बायाँका रुखका हाँगाहरू काट्ने र मर्मत कार्य गर्नुपर्ने भएकोले बिहान ११ बजे देखि अपराह्न ५ बजे सम्म विद्युत सेवा अवरुद्ध हुने जनाएको हो ।

उक्त समयमा निलकण्ठ नगरपालिका, सिद्धलेक गाउँपालिका, ज्वालामुखी गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, वेनीघाट रोराङ रोराङगाउँपालिका, गजुरी गाउँपालिका, गल्छी गाउँपालिका, गंगाजमुना गाउँपालिका र गोरखा जिल्लाको आरुघाट फिडर अन्तर्गतका केही स्थानहरू विद्युत अवरुद्ध हुने जनाइएको छ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस