FLASH NEWS


धुनिवेशी नगरपालिकाको १६ औँ नगरसभा सम्पन्न

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ माघ २३, बुधबार (६ घण्टा अघि)
  • ५८

    Shares

धुनिवेशी नगरपालिकाको १६ औँ नगरसभा सम्पन्न

धादिङ  :  धुनिवेशी नगरपालिकाको १६ औँ नगरसभा सम्पन्न भएको छ ।

नगर कार्यपालिकाको कार्यालय जुगेडीमा सम्पन्न १६ औँ नगरसभामा चालु आर्थिक बर्षको अर्धबार्षिक कार्यप्रगतिको समिक्षा गरिएको थियो । १६ औँ नगरसभामा नगरप्रमुख बालकृष्ण आचार्यले सामाजिक र भौतिक विकासका लागि प्रयत्नशिल रहदै शिक्षा,स्वास्थ्य,खानेपानी जस्ता क्षेत्रमा गुणस्तरसहित पहुँच अभिवृद्धि गर्ने र सडक निर्माण र स्तोरन्नती गर्ने कार्यलाई प्रथामिकतामा राखी सकारात्मक परिवर्तन तथा विकास र समृद्धिको माध्यमबाट सम्मृद्ध धुनिवेशी सुखी नरगवासीको अवधारणालाई साकार रुप दिन नगरपालिका लागि परेको बताउनु भयो ।
नगरसभामा उपप्रमुख सुरज उप्रेतीले कृषि,पशुपक्षी,प्रधानमन्त्री रोजगार,लघु उद्यम विकास कार्यक्रम,सहकारी र सडक पुर्वाधार लगायतका क्षेत्रमा उल्लेखनीय काम भएको बताउनु भयो। कार्यप्रगति समिक्षामा पुस मसान्तसम्म चालु तर्फ १५ करोड ८५ लाख ७६ हजार ८ सय ९२ र पुँजीगत तर्फ २ करोड ९३ लाख ३३ हजार २ सय २९ गरी कुल १८ करोड ७९ लाख १० हजार १ सय २२ रुँपैया खर्च भएको नगरउपप्रमुख उप्रतीले जानकारी दिनु भयो । यो धुनिवेशी नगरपालिकाको विनियोजन बजेटको तुलनामा २१ दशमलब ३१ प्रतिशत हो भने प्राप्तीको तुलनामा ५६ दशमलब ७१ प्रतिशत हो  ।

कार्यप्रगति समिक्षामा नगरपालिकाको नगर अस्पतालको भवन हस्तान्तरण प्रक्रियामा रहेको बताइएको छ । यसैगरी नगरपालिकाको स्वामित्वमा रहेको ४ वटा एम्बुलेन्सहरुले ६ सय ४५ जनालाई निशुल्क सेवा उपलब्ध गराएको छ भने २ सय ६५ जनालाई सशुल्क सेवा उपलब्ध गराएको छ । नौविसे स्वास्थ्य चौकीमा रहेको एक्स रे सेवाबाट ५ सय २४ जनाले सेवा लिएको उपप्रमुख उप्रतीले जानकारी दिनु भयो ।

नगरसभामा उपप्रमुख उप्रतीले चालु आर्थिक बर्ष २०८१ ८२ को प्रथम ६ महिनामा नगरस्तरीय र वडास्तरीय गरी जम्मा २ सय ३९ वटा योजना मध्ये १ सय १५ वटा योजनाहरु सम्झौता भई २९ वटा योजनाहरु सम्पन्न भैसकेको जानकारी दिनुभयो  ।

यसैगरी नगरसभाले आर्थिक ऐन २०८१ मा मालपोत असुल सम्बन्धी संशोधन अनुमोदन गरेको छ । भने शिक्षा ऐन २०८० को केही दफा र उपदफा संशोधन गरेको छ । १६ औँ नगरसभामा नगरपालिकाका वडा अध्यक्ष,कार्यपालिका सदस्य, वडा सदस्य,प्रमुख कार्यकारी अधिकृत निरज पौडेलसहित नगरपालिकाका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस