१४७
Sharesधादिङ: धादिङको थाँक्रे गाउपालिका ८ मा रहेको महाकालेश्वरी माध्यमिक विद्यालयमा सरस्वती मन्दिरको प्राण प्रतिष्ठा तथा समुद्घाटन कार्यक्रम भएको छ। पूर्व विद्यार्थी समूह “भूतपूर्व विद्यार्थीको अभियान, विद्यालयको उन्नतिको साथै गुरुहरूको सम्मान” भन्ने नाराको साथ उक्त विद्यालयमामा अध्ययन गर्ने भूतपूर्व विद्यार्थीहरूको समुहको सहयोगमा सरस्वती मन्दिरको प्राण प्रतिष्ठा तथा समुद्घाटन गरिएको हो।
सोमबार श्रीपञ्चमी ( सरस्वती पूजा ) को दिन पारेर सरस्वती मन्दिरको प्राण प्रतिष्ठा तथा समुद्घाटन लागिएको समुहका अध्यक्ष प्रकाश थापाले टोलटोलको खबर डट कम लाई जानकारी दिनु भयो । मन्दिरको थाँक्रे गाउँपालिकाका वडा नम्बर ८ का वडा अध्यक्ष प्रेम कुमार थापा र समुहका अध्यक्ष प्रकाश थापाले रिबन काटेर समुद्घाटन गर्नु भएको हो। कार्यक्रममा विद्यालयका विद्यार्थीहरू , शिक्षक, समाजसेवी, भूतपूर्व विद्यार्थीहरू लगायतको उपस्थित रहेको थियो।