१३३
Sharesहाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ।
शनिबार बिहान मधेश प्रदेशको पूर्वी भू-भाग तथा कोशी प्रदेश को तराई भू-भागमा मन्द शीतलहरको अवस्था छ भने बाँकी तराईका धेरै स्थानहरूमा पनि हुस्सु/कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पहाडी र हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
दिउँसो कोशी प्रदेशका पहाडी भूभागमा आंशिकक बदली रही बाँकी भूभागका म मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।
राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बदली भई बाँकी भूभागमा मौसम सफा रहने पूर्वानुमान छ।