FLASH NEWS

एचपिभि विरुद्ध खाेप लगाउन नीलकण्ठ नगरपालिकामा ५७ खाेपकेन्द्र

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ माघ ११, शुक्रबार (२ महिना अघि)
  • १५८

    Shares

एचपिभि विरुद्ध खाेप लगाउन नीलकण्ठ नगरपालिकामा ५७ खाेपकेन्द्र

धादिङ :  नीलकण्ठ नगरपालिकामा पाठेघर क्यान्सर विरुद्धको एचपिभि (ह्युमन पापिलोमाभाइरस) खोप माघ २२ देखि २६ गतेसम्म ५७ खाेप केन्द्रहरुमा लगाइने भएको छ।

शुक्रबार नीलकण्ठ नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा “एचपिभि खोप अभियान २०८१” अन्तर्गत पालिका स्तरीय खोप समन्वय समिति र अन्य सरोकारवालाहरूका लागि अभिमुखीकरण गोष्ठि र बैठक सम्पन्न भएको छ ।


बैठकले माघ २२ देखि २६ गतेसम्म कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका बालिका र किशोरीलाई एचपिभि खाेप लगाईने निर्णय गरिएकाे छ ।

सरोकारवालाहरूलाई एचपिभि खोप अभियानको महत्व, कार्यान्वयन प्रक्रिया, खोपको प्रभावकारिता, र अभियानलाई सफल बनाउन सामुदायिक सहयोग, समन्वय, तथा सञ्चालनका उपायहरूका बारेमा नीलकण्ठ नगरपालिकाका वरिष्ठ जनस्वाथ्य अधिकृत स्वास्थ्य शाखा प्रमुख विष्णु रिजालले जानकारी गराउनुभयाे ।

खाेप अभियानलाई सफल बनाउन सबै पक्षहरूको सक्रिय सहभागिताको अपेक्षा गरिएको छ । खोप अभियानमा बालिकाको सहभागिता सुनिश्चित गर्न नीलकण्ठ नगरपालिकाले विशेष पहल गर्ने जनाएको छ।

नीलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्माको अध्यक्षतामा सम्पन्न गोष्ठिमा प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदी, वरिष्ठ जनस्वास्थ्य अधिकृत विष्णु रिजाल, नगर प्रवक्त तथा वडा नं ८ का अध्यक्ष प्रकाश श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष सीताराम अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

परिवार कल्याण महाशाखा अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार सरकारले देशभर करिब १७ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन निशुल्क खोप प्रदान गर्ने योजना बनाएको छ। यसका लागि खोप सातवटै प्रदेशमा पठाइसकिएको छ । नीलकण्ठ नगरपालिकाले अभियान अन्तरगत वडाहरुमा समेत खाेप समन्वय समितिकाे बैठक राखेर ५७ खाेप केन्द्रबाट विद्यालयमा कक्षा ६ देखि १० का ३ हजार २७ जना बालिका र बिद्यालय नगएका १० वर्षदेखि १४ वर्ष उमेरका १ सय ९६ जना किशाेरीलाई खाेप लगाउने लक्ष राखेकाे छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस