८५
Sharesधादिङ: धादिङबेशीमा आज देखि लोक सांस्कृतिक महोत्सव हुँदैछ । ‘लोक संस्कृति प्रवर्धनको सार पहिचान, पर्यटन र समृद्धिको मूल आधार’ भन्ने नारा सहित पहिलो पटक धादिङमा लोक सांस्कृतिक महोत्सव हुन लागेको हो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङ र सामुदायिक संचार तथा विकास केन्द्र धादिङको आयोजनामा हुने महोत्सवको उद्धघाटन नेपाल सरकारका उप प्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान शिंहले गर्नुहुने भएको छ ।
धादिङको रैथाने मौलिक लोक संस्कृति तथा सांस्कृतिक पहिचानको प्रवद्र्धन र परम्पराको जगेर्ना गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको महोत्सव मुल आयोजक समितिका संयोजक दिपक कोइरालाले बताउनुभयो ।
कलाकारहरुको प्रतिभा, विभिन्न जातजातिको परम्परागत संस्कृति र सांस्कृतिक पहिचानको प्रवद्र्धन र आन्तरिक पर्यटन प्रवद्र्धन गर्न महोत्सवले सहयोग पुग्ने अपेक्षा लिइएको उहाँले बताउनुभयो । आज देखि सुरु हुने महोत्सव माघ २० गतेसम्म चल्नेछ ।