FLASH NEWS


बागमती साहित्यिक महोत्सव–२०८१ धादिङबेशीमा फागुन १६ र १७ गते हुने

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ माघ ५, शनिबार (२ हप्ता अघि)
  • ९७

    Shares

बागमती साहित्यिक महोत्सव–२०८१ धादिङबेशीमा फागुन १६ र १७ गते  हुने

धादिङ:   बागमती साहित्यिक महोत्सव–२०८१ फागुन १६ र १७ गते धादिङबेशीमा हुने भएको छ । शुक्रबार कर्मचारी मिलन केन्द्रका अध्यक्ष विष्णु प्रसाद आचार्यको अध्यक्षतामा बसेको बैठकले महोत्सव आगामी फागुन १६ र १७ गते धादिङबेशीमा आयोजना गर्ने निर्णय गरेको हो।

स्थानीय साहित्य र सांस्कृतिक गतिविधिहरूलाई प्रोत्साहन दिन तथा क्षेत्रीय साहित्यकारहरूको सिर्जनात्मक कार्यलाई सम्मान गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आचार्यले बताउनुभयो ।

बैठकले महोत्सवलाई सफल र भव्य रूपमा सञ्चालन गर्नका लागि मुल संयोजन समिति गठन गरेको छ । समितिको प्रमुख संयोजक विष्णु प्रसाद आचार्य रहनुभएको छ भने समितिका सदस्यहरूमा प्रकाश पौडेल, गायत्री खतिवडा, सिताराम अधिकारी, डा. नविन बन्धु पहाडी, देवी प्रसाद अधिकारी र लालकाजी श्रेष्ठलाई समावेश गरिएको छ।

बागमती साहित्यिक महोत्सवले साहित्यका क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा साथै स्थानीय समुदायका बीच सन्देश प्रवाह गर्ने, सांस्कृतिक र सामाजिक एकता प्रवद्र्धन गर्ने र युवा पुस्तामा साहित्यिक चेतना फैलाउने कार्यमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको कर्मचारी मिलन केन्द्रका अध्यक्ष विष्णु प्रसाद आचार्यको भनाइ छ ।

साहित्य र संस्कृतिको क्षेत्रलाई थप समृद्ध बनाउनका लागि यस महोत्सवले ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको कर्मचारी मिलन केन्द्रले जनाएको छ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस