२७
Sharesदेशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण आज हिमाल, पहाड र तराईमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली, पहाडी र तराई भेगमा आंशिक बदली रहने सम्भावना छ।
आज राति पनि देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने सम्भावना छ। कोशी, वागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली भेगमा हल्का हिमपात हुने सम्भावना छ।