FLASH NEWS

धादिङ उद्योग बाणिज्य संघको बरिष्ठ उपाध्यक्षमा रोहित भण्डारी निर्विरोध चयन

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ पौष २७, शनिबार (५ घण्टा अघि)
  • १६

    Shares

धादिङ उद्योग बाणिज्य संघको बरिष्ठ उपाध्यक्षमा रोहित भण्डारी निर्विरोध  चयन

धादिङ : धादिङ उद्योग बाणिज्य संघको बरिष्ठ उपाध्यक्षमा रोहित भण्डारी निर्विरोध

धादिङ उद्योग बाणिज्य संघको बरिष्ठ उपाध्यक्षमा रोहित भण्डारी निर्विरोध चयन हुनुभएको छ । बरिष्ठ उपाध्यक्ष पदका अर्का प्रत्याशि शुदर्शन रिजालले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि भण्डारी निर्विरोध हुनुभएको हो ।

धादिङ उद्योग बाणिज्य संघको विधानमा बरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि स्वत अध्यक्ष हुने व्यवस्था रहेको छ । सोही विधान अनुसार अघिल्लो अधिबेशनमा बरिष्ठ उपाध्यक्षमा निर्वाचित रामकुमार डल्लाकोटी अब अध्यक्ष हुनुभएको छ ।

शुक्रवार राती अबेर सम्पन्न ११ औं अधिबेशनले २१ जना सदस्य जिल्ला कार्य समितिको लागि चयन गरेको छ । बरिष्ठ उपाध्यक्ष सहित बाँकी सदस्यहरु पनि सर्व सम्मत चयन भएको हो । सदस्यहरुबाट कार्य समितिको बैठकले पदाधिकारी चयन गर्नेछ । संघको ३३ सदस्यिय कार्य समितिमा २१ जना प्रत्यक्ष निर्वाचित,क्षेत्रीय समितिबाट निर्वाचित २र २ जना गरि ६ जना, ५ जना मनोनित,१ निवर्तमान अध्यक्ष रहनेछन् ।

अधिबेशनले संघको ३ वटै क्षेत्रीय समितिको अध्यक्षको समेत चयन गरेको छ,जस्मा उत्तरी क्षेत्रबाट सन्जु श्रेष्ठ, मध्य क्षेत्रबाट नानिराम श्रेष्ठ र दक्षिणी क्षेत्रबाट उमेश रुवाली अध्यक्षमा निर्वाचित भएका छन् । क्षेत्रीय समिति ९ सदस्यिय रहेको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस