FLASH NEWS

कृषि क्षेत्रमा लगानी गर्न व्यवसायीलाई कृषिमन्त्री रामनाथ अधिकारीको आग्रह

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ पौष २७, शनिबार (५ घण्टा अघि)
  • २४

    Shares

कृषि क्षेत्रमा लगानी गर्न व्यवसायीलाई कृषिमन्त्री रामनाथ अधिकारीको आग्रह

धादिङ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रमा लगानी गर्न धादिङका व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ।

शुक्रबार धादिङ उद्योग वाणिज्य संघको ३१ औँ बार्षिक साधारण सभा तथा ११ औँ अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले कृषि प्रधान देश भनेर चिनिने देशमा कृषि क्षेत्रमा आयात गर्नु पर्ने बाध्यता रहेकाले कृषि क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको हो ।

उहाँले भन्नुभयो,‘बाँझो जग्गालाई हरियाली बनाउन आश्वयक छ । व्यवसायलाई कृषितर्फ लैजाऔं । राज्य त्यो पखेरामा पनि चाहन्छ । हामी त्यो संकल्पका साथ अघि बढेका छौं । व्यवसायी साथीहरुलाई मेरो आग्रह छ । तपाईहरु लाग्नुहोस्,कृषि मन्त्रालय सहयोग गर्न सदैब तत्पर छ।’

मुलुकको आर्थिक संकुचनका कारण उद्योग व्यवसाय फस्टाउन नसकेको भन्दै मन्त्री अधिकारीले विकास निर्माण, उद्योग, कृषि लगायतका क्षेत्रमा धेरै काम गर्नु पर्ने भए पनि आर्थिक संकुचनका कारण नसकिएको बताउनुभयो।

‘कृषि प्रधान देश भनेर चिनिने नेपालमा कुनै बेला ९२ प्रतिशत कृषी क्षेत्रमा भएको तर अहिले ६२ प्रतिशतमा खुम्चिएको बताउनुभयो । यो कारण किन हो सोच्नुपर्ने अवस्था छ, बाँझो जग्गामा हरियारी बनाउन नसक्दा आयातमा बाँच्नु परेको छ । तीन तहको सरकार छ । तर हामी बाँझो जमिन टुलुटुलु हेरेर बसि रहेका छौं’उहाँले भन्नुभयो ।

कार्यक्रममा उहाँले धादिङ उद्योग वाणिज्य संघले बिभिन्न ऐतिहासिक काम गरेकाले ईतिहासलाई नभुल्न व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।

धादिङबेसीमा अहिले ६० भन्दा बढी सटर बन्द भएको भन्दै उहाँले यो बुझ्न जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘पहिले धादिङबेसीमा कोठा पाइदैन थियो । अहिले धमाधम सटर बन्द हुन थालेका छन्। कहिलेपनि खुल्दैन के कारण होला ? व्यवसायले यस तर्फ ध्यान दिनु पर्छ।’

धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु प्रसाद थपलियाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा संविधान सभा सदस्य पुष्व विक्रम मल्ल, एमाले धादिङका ईञ्चार्ज खेम लोहनी, नीलकण्ठ नगरपालिकाका नगरप्रमुख भिम प्रसाद ढुंगाना, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, नेपाल पत्रकार महासंघका अध्यक्ष सिताराम अधिकारी लगाएतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

अधिवेशन भोलिसम्म जारी रहने छ । अधिवेशनले दुई बर्षे कार्यकालको लागि नयाँ कार्यसमिति चयन गर्नेछ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस