२३४
Sharesथाक्रे,धादिङ : धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ८ मा भएको एकिकृत घुम्ति शिविरमा ३ सय ५५ जनाले सेवा लिएका छन् । विभिन्न वडाका नागरिकलाई लक्षित गर्दै बिहिबार देखी सुरु भएको शिविरमा आईतबार चौथो दिन ७ र ८ नम्बर वडालाई लक्षित गरेर भएको शिविरमा उक्त सँख्याका नागरिकले सेवा लिएको गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केसीले बताउनुभयो । उहाँका अनुसार एउटै व्यक्तिले पनि एक वा एक भन्दा बढि सेवा लिएका छन् ।
तेस्तै कार्यक्रममा पालिकाका अध्यक्ष रामकुमार आचार्यले पालिका भित्र रहेका नागरिकहरुलाई सजिलो , झन्झट र टाढा जान नपरोस भनेर काम गरेको बताउनु भयो।
उहाले टोलटोलको खबर सीताको कुराकानीमा जनताको सेवाको लागि जनताको पहुच पुग्ने गरि वडा बाटै गरौ, नमुनाको सुरुवातको रुपमा हामीले गाउपालिका बाट केके सेवाहरु हुन् सक्छन , जनताले पालिका बाट दिएका सेवाहरु साबि थाहा छकि छैन ,हिड्न नसक्ने बुडा बुडी हरुको लागि अपाङ्ग्गता परिचय पत्र वितरण , गोबर जाच ,स्वास्थ्य जाच , योजनाको सम्झौताको कुरा लगायत आर्थिक कारोबार को विषय भन्दा बाहेकका विषयमा जानकारी को साथै सेवा प्रदान गरेको आचार्यको भनाइ छ।
पालिकाका कर्मचारिहरुले बिदाको दिनमा पनि नागरिक हरुलाई सेवा प्रदान गरेकोमा पालिकाका प्रमुख प्रशासकिय अधिकृत सहित सम्पूर्ण कर्मचारी टिम , सूचना प्रबाह गर्दै पालिकाको समग्र सेवाको बारेमा नागरिक हरुलाई जानकारी गराइदीएकोमा पत्रकार तथा संचार कर्मी लगायत सबैलाई धन्यवाद समेत दिनु भयो।
तेस्तै पालिकाका उपाध्यक्ष यन्त्र बहादुर थापाले पनि यस्तो सेवा दिनाले पालिका भित्रका नागरिक हरुलाई सहज हुने बताउनु भयो।
शिविरमा यसअघि बिहिबार वडा नम्बर २ मा भएको शिविरमा १८७ जना, शुक्रबार वडा नम्बर ४ मा भएको शिविरमा ३७८ जना र शनिबार वडा नम्बर ३ मा भएको शिविरमा २४७ जनाले सेवा लिएका थिए । यो सँगै चौथो दिनसम्म घुम्ति शिविर मार्फत १ हजार १ सय ६७ जनाले सेवा लिईसकेका छन् ।
शिविरमा विभिन्न शाखा अन्तर्गतका सेवाहरु प्रदान गरिएको छ । आईतबारको शिविरमा पुर्वाधार तथा योजना शाखा अन्तर्गत ८ जनाले योजना सम्झौता गरेका छन् भने १ जनाले निवेदन र ५ जनालाई सम्बिन्धित विषयमा अभिमुखिकरण गरिएको छ । यस्तै सामी शाखा अन्तर्गत ६५ जनालाई गहन अभिमुखिकरण परामर्श प्रदान गरिएको छ।
यस्तै ८४ जनालाई सुगर प्रेसर सँगै सामान्य चेकजाँच र औषधी सँगै परामर्श दिईएको छ । कृषी तथा पशु शाखा अन्तर्गत १० जनालाई परामर्श तथा १२५ जनाले गोबर परिक्षण गरेका छन् । यस्तै ६ जनालाई व्यवसाय दर्ता तथा नविकरण सम्बन्धि र ७ जनाको व्यवसाय नविकरण गरिएको छ । व्यवसाय नविकरणबाट १६,१०० राजश्व सँकलन पनि भएको छ ।
यसैगरी १ जनालाई अपाङ्ग परिचयपत्र र १४ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ । यस्तै पञ्जिकरण शाखा अन्तर्गत ७ जनालाई घटनादर्ता, सामाजिक सुरक्षा सँगै परामर्श गरिएको छ भने प्रधानमन्त्री रोजगार सेवा कार्यक्रम अन्तर्गत २२ जनाले सेवा लिएका छन् ।
अब सोमबार ११ नम्बर वडा कार्यालयमा शिविर सञ्चालन हुने सामी शाखाका लक्ष्मी भुजेलले जानकारी दिनुभयो । अन्तिम दिन मँगलबार वडा नम्बर ९ र १० का लागि १० नम्बर वडा कार्यालयमा शिविर सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले शिविरमा सहभागी भएर सेवा लिन गाउँपालिकावासीलाई अनुरोध गरेको छ ।