FLASH NEWS


नवज्योति बचत तथा ऋण सहकारी संस्थाको १८ औं वार्षिक साधरणसभा सम्पन्न

  • टोलटोलको खबर
  • कृषि
  • प्रकाशित मिति:
  • २०८१ पौष १३, शनिबार (१ महिना अघि)
  • २०४

    Shares

नवज्योति बचत तथा ऋण सहकारी संस्थाको १८ औं वार्षिक साधरणसभा सम्पन्न

धार्के:  नवज्योति बचत तथा ऋण सहकारी संस्थाको १८ औ साधरण सभा सम्पन्न भएको छ ।
धादिङको धुनिबेशी नगरपालिका वडा नबर ६ धार्केमा बजारमा रहेको नवज्योति बचत तथा ऋण सहकारी संस्थाको १८ औ साधरण सभा शनिबार सम्पन्न भएको छ ।

संस्थाका उपाध्यक्ष राम बहादुर आचार्यले स्वागत गर्नु भएको साधरण सभामा सहकारी सस्थाद्वारा उत्कृष्ट बचतकर्ता, जेस्ठ नागरिक बचतकर्ता, बाल बचतकर्ता,उत्कृष्ट मासिक बचतकर्ता लगायतलाइ सम्मानपत्र सहित दोसल्ला ओडायर सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्षको अर्जुन आचार्यले अध्यक्षको प्रतिवेदन ,, कृष्ण कुमार हमालले सचिबको प्रतिवेदन ,केशब प्रसाद आचार्यले कोषाध्यक्षको प्रतिवेदन,तेस्तै सभामा गणेशकुमार रेग्मीले लेखा सुपरिवेक्षक समितिको प्रतिवेदन ,महिला उप समितिको प्रतिवेदन पार्वती रेग्मीले प्रस्तुत गर्नु भएको थियो।

सस्थाका अध्यक्ष अर्जुन आचार्यको अध्यक्षतामा सम्पन्न सभामा धुनिबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यको प्रमुख आतिथ्यता, थाक्रे गाउपालिलाका अध्यक्ष रामकुमार आचार्यको बिशेष आतिथ्यता र बिभिन्न बैक विभिन्न सहकारी संस्थाका प्रतिनिधी, सहकारीका शेयर सदस्यहरुको सहभागीता रहेको थियो ।

२०५०सालमा साबिकको केबलपुर गा.बि.स भोटेडाडाको ग्रामीण भेगमा १३ जना कृषक , शिक्षक , ब्यापारी, तथा सामजिक अगुवाहरुले श्री नवज्योति कृषक तथा युवा समूह स्थापना गरि मासिक २५ रुपैयाँ जम्मा गरेर सुरु गरेको समूह पछि २०६३ असार २९ गते बिधिवत रुपमा दर्ता गरि श्री नवज्योति बचत तथा ऋण सहकारी सस्था साबिकको नौबिसे १ धार्के तथा हाल धुनिबेशी नगरपालिका ६ धार्केमा रहने गरि कारोबार गर्दै आएको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस