FLASH NEWS

उदय कृषि बहुउद्देश्यीय सहकारीले आफ्नो १७औँ वार्षिक साधारण सभा समपन्न

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ पौष १०, बुधबार (२ दिन अघि)
  • ८०

    Shares

उदय कृषि बहुउद्देश्यीय सहकारीले आफ्नो १७औँ वार्षिक साधारण सभा समपन्न

|CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

धार्के :  धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ५ मा रहेको उदय कृषि बहुउद्देश्यीय सहकारीले आफ्नो १७औँ वार्षिक साधारण सभा समपन्न गरेको छ ।

बुधबार सहकारीले बार्षिक साधारण सभा मार्फत बार्षिक प्रतिवेदन २०८१ संस्थाका अध्यक्ष बासुदेब बास्कोटाले प्रस्तुत गर्नु भएको थियो।

सहकारीमा १ करोड १७ लाख २० हजार को सेयर रकम, १ करोड १ हजार ७ सय ९१ रुपैँया निक्षेप बचत, १ करोड ७६ लाख ५९ हजार ९ सय ४९ रुपैयाँ ऋण लगानी रहेको सहकारीको व्यवसाय कर्जा १ करोड ११ लाख ९ हजार ९५७ रुपैया र कृषि कर्जा ६४ लाख १ हजार ४९१ रुपैयाँ रहेको सहकारीको कुलपुँजी तथा दायित्व २ करोड ४२ लाख ४० हजार रहेको सहकारीका प्रबन्धक राम नेपालीले बताउनु भयो ।

सहकारीको यस आ.वको स्थिर सम्पति ४४ लाख ५१ हजार ९१४ रुपैयाँ रहेको सहकारीका लेखा सुपरिवेक्षण समितिका सदस्य केदार प्रसाद आचार्यले बताउनु भयो ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

संस्थामा अहिले १२५८ जना शेयर सदस्य रहेका छन्। कार्यक्रमका वीचमा सहकारीले आफ्ना उत्कृष्ट शेयर सदस्य,बचत कर्ताहरु तथा ऋणीहरुलाई विभिन्न विदामा सम्मान समेत गरेको सहकारीका अध्यक्ष बास्कोटाले बताउनु भयो।

सहकारीका अध्यक्ष बासुदेब बास्कोटाको अध्यक्षतामा भएको कार्यक्रममा धुनिवेशी नगरपालिका प्रमुख बालकृष्ण आचार्यको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा धुनिबेशी नगरपालिकाका ६ का वडा अध्यक्ष रमेश आचार्य ,कार्यपालिका सदस्य सावित्रि मिजार, नगर सभा सदस्य केशव मिजार, विभिन्न सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस