FLASH NEWS

बैरेनी साना किसान कृषि सहकारी संस्था लि. को २८ औँ स्थापना दिवस तथा बिउपुंजी वितरण कार्यक्रम सम्पन्न

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ पौष ९, मंगलबार (३ दिन अघि)
  • १९९

    Shares

बैरेनी साना किसान कृषि सहकारी संस्था लि. को २८ औँ स्थापना दिवस तथा बिउपुंजी वितरण कार्यक्रम सम्पन्न

तस्विर :शुसिला अर्याल

बैरेनी:    बैरेनी साना किसान कृषि सहकारी संस्था लि. को २८ औँ स्थापना दिवस तथा बिउपुंजी वितरण कार्यक्रम सम्पन्न भएको छ ।
सहकारीले मंगलबार एक कार्यक्रमको आयोजना गरि आफ्नो २८ औँ स्थापना दिवस मनाएको हो।

आफ्नो २८ औँ स्थापना दिवसको अवसरमा संस्थाले १० वटा समुहमा रहेका सदस्य मध्ये प्रत्येक समुहका एक /एक जना गरिब सदस्यहरुलाई बिउपुंजी को रुपमा एक/ एक वटा बाख्रा वितरण गरिएको हो।

संस्थाको आफ्नै लगानीमा आफ्ना दुखि तथा गरिब सदस्य हरुलाई केहि राहात होस् तेसबाट आफ्ना सदस्यहरुको केहि भएपनि जीवन उकासियोस भन्ने उदेस्यले उक्त बिउपुंजीको रुपमा बिमा सहित निशुल्क बाख्रा वितरण गरिएको संस्थाका अध्यक्ष बद्री प्रसाद अधिकारीले बताउनु भयो ।

उहाले सहकारी पैसा मात्र उठाउने बचत मात्र गर्ने नभई आफ्ना सदस्यहरुलाइ जिबनस्तर उकास्ने र आर्थिक रुपमा पनि बलियो बनाउने भएकोलेनै यस्ता महत्वपूर्ण काम हरु गर्दै आइरहेको अधिकारीले बताउनु भयो । आफु अध्यक्ष भएपछी आफ्ना सदस्यहरुको जिबनस्तर केहि हद सम्म भएपनि उकासियोस भन्ने सोचका साथ बिगतका वर्षबाट यस्तो कार्यक्रम लेराएको र यस कार्यक्रमलाई निरन्तरता दिने अधिकारीको भनाइ छ ।

गल्छी गाउपालिका अध्यक्ष केदार नाथ खतिवडाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा पालिकाका उपाध्यक्ष भाइकाजी तिवारी ,वडाका वडा अध्यक्षहरु संचालक समितिका पधाधिकारी , कर्माचारी लगायतको उपस्थिति रहेको थियो ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस