FLASH NEWS

पञ्चकन्या ४ नुवाकोटमा बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण तथा वडा समिति गठन

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ पौष ७, आईतबार (५ दिन अघि)
  • ९७

    Shares

पञ्चकन्या ४ नुवाकोटमा बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण तथा वडा समिति गठन

नुवाकोट:    पञ्चकन्या गाउँपालिका वडा ४ थप्रेकमा बालमैत्री स्थानीय शासन सम्बन्धि अभिखिकरण कार्यक्रम सम्पन्न भएको छ। वडाका जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूको लागि बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि जानकारी दिने तथा क्षमता विकास गर्ने र वडा स्तरीय बालमैत्री समिति गठन गर्ने उदेश्यले अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

अभिमुखिकरण वडाध्यक्ष सञ्च तामाङको अध्यक्षतामा सम्पन्न भएको हो । अभिमुखिकरण पछि वडाध्यक्ष सञ्च तामाङको अध्यक्षतामा १५ सदस्यीय बालमैत्री स्थानीय शासन वडा समिति गठन गरिएको छ।
बालमैत्री स्थानीय शासनको अवधारणा, बालबालिकामा लगानी, बालमैत्री स्थानीय शासनवडा समितिको संस्थागत संरचना र बालमैत्री स्थानीय शासनका ५१ वटा सूचकहरू ,बालक्लब,बालक्लब संञ्जाल गठन तथा परिचालन लगायतका विषयमा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक सहजकर्ता दामोदर अर्यालले सहजीकरण गर्नु भएको थियोे ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिमला केसीले गाउँपालिकाले २०८३ साल माघ मशान्त भित्र बालमैत्री पालिका वडाउने लक्ष्य सहित कार्य योजना बनाएर बालमैत्री अभियान संचालन गरिरहेकाले बताउनु भयो । यहि अभियानलाई सार्थक बनाउन अहिले सबै ५ वडा वडामा अभिमुखिकरण तथा समिति गठन गरिएको बताउनु भयो । उपाध्यक्ष केसिले अब छिट्टै पालिकालाई बालश्रम मुक्त पालिका घोषणाको तयारीमा रहेको बताउनु भयो ।

बालबालिकामा लगानी योजना ,वडा तथा पालिका तहमा बालभेला, बालबालिका सम्बन्धि स्थिति पत्र प्रकाशन,बालक्लब फोकल शिक्षकको लागि तालिम , बालक्लबका पदाधिकारीहरुको लागि क्षमता विकास तालिम लगायतका कार्यक्रम यसै आार्थिक बर्षमा गरिने योजना रहेको बताउनु थियोे । यो बालमैत्री पालिका बनाउने कार्यमा एकताबद्ध भएर अभियानको रुपमा अघि बढाउन सबै सरोकारवालालाई अनुरोध गर्नु भएको थियो ।

अभिमुखीकरण कार्यक्रममा वडा सदस्यहरु, बालक्लबका प्रतिनिधि, शिक्षक, महिला समूह, महिला स्वयंसेविकाहरु लगायत ५९ जना सहभागी रहेको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका अधिकृत कविता भट्टले जानकारी दिनुभयो ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस