२०७
Sharesधादिङ: समाजवादी प्रेस संगठन धादिङका अध्यक्ष राज ढुंगानाले पद बाट राजिनामा दिनु भएको छ ।
ढुंगानाले २०८१ पुस २ गतेको मिति देखि आंफुले संगठनको जिल्ला अध्यक्षको पदबाट राजिनामा दिएको बिज्ञप्ति जारी गर्दै जानकारी दिनु भएको हो।
समाजवादी प्रेस संगठन नेकपा एकीकृत समाजवादी निकट रहेको पत्रकारहरुको संगठन हो । मंसिर २८ गते सम्पन्न भएको नेपाल पत्रकार महासंघको निर्वाचनमा केन्द्रिय गठबन्धन बिरुद्ध विद्रोह गर्दै प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियन संग सहकार्य गरेको सो संगठनले पत्रकार महासंघ धादिङ शाखाको कोषाध्यक्ष र ३ सदस्य पदमा उम्मेदवारी दिएकोमा कोषाध्यक्ष पदमा पराजय व्यहोरेको थियो ।
निर्वाचनमा आफ्नो उम्मेदवार पराजित भएकोमा त्यस्को जिम्मेवारी लिंदै अध्यक्ष ढुंगानाले नैतिकताको आधारमा पदबाट राजिनामा दिएको बिज्ञप्तिमा उल्लेख गरेका छन् । पत्रकार महासंघको जिल्ला कोषाध्यक्ष पदमा संगठनका केन्दिय सदस्य शिवराज आचार्य ३ मतले पराजित भएका थिए ।
संगठनको केन्द्रिय , प्रदेश र जिल्ला तहको नेत्तृत्व बिच समयमै सहकार्य र समन्वयको अभावले संगठन कमजोर वन्दै गएको ढुंगानाले बताउनु भयो । आंफु २०७८ फागुन २ गते देखि समाजवादी प्रेस संगठन धादिङको अध्यक्षको जिम्मेवारीमा रहेको र अव सो पदमा नरहने उहाले बताउनु भएकोछ ।