७४
Shares|CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90
धादिङ: अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले प्रकाशन गर्ने नेपाल मानवअधिकार वर्ष पुस्तक २०२५ को पूर्व समीक्षा तथा ७६ औँ अन्तार्राष्ट्रिय मानवअधिकार दिवसको कार्यक्रम धादिङबेसीमा सम्पन्न भएको छ ।
मानवअधिकारको विश्वव्यापी घोषणापत्र, नेपाल पक्ष भएका सन्धी सम्झौता र नेपालको मौलिक हक अनुसार नागरिकले आफ्नो हक अधिकारको प्रत्याभूति गर्न पाउनु पर्ने जिल्ला समन्वय समितिका उपप्रमुख कूलमान विश्वकर्माले बताउनुभयो ।
सबै नागरिकले सामाजिक साँस्कृतिक र वातावरणीय न्याय पाउनु पर्ने र सरकारले पुरा गर्नका लागि लाग्नु पर्ने बताउँदै उपप्रमुख विश्वकर्माले जनताले पेटभरी खानप पाउने अधिकारमात्र नभएर सम्मानपूर्वक बाँच्ने अधिकार सरकारले सुनिश्चित गर्नु पर्ने बताउनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले सरकारले संरक्षण गर्न खोज्दा खोज्दै मानवअधिकारको हनन् हुने गरेकोले कमजोरी सच्याएर सरकारी पक्ष अघि बढ्ने बताउनुभयो । मौलिक हक मानवअधिकारको रुपमा रहेकोले कानुन बनाएर मानवअधिकारको प्रत्याभुति गर्नु पर्नेमा जोड दिनुभयो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपि दिपेन्द्र शाहीले मानवअधिकारको संरक्षणमा प्रहरीले काम गरिरहेको बताउँदै जात धर्म, वर्णको आधारमा समाजमा क्लेस फैलाउनेलाई नियन्त्रण गरेर नेपाल प्रहरीले सबै नागरिकको सम्मान, परिपूर्ति र जिवन रक्षाका लागि काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा गैसस महासंघका अध्यक्ष शालिकराम दुवाडी, दलित सेवा संघका अध्यक्ष श्याम मगराती, महिला मानवअधिकारकर्मी गायत्री खतिवडा लगायतले महिला, दलित, जानजाती जनताको अधिकार सुनिश्चित गरेर मानवअधिकारको रक्षा गर्नु पर्ने बताउनुभएको छ ।
मानवअधिकार वर्ष पुस्तक २०२५ को पूर्वसमीक्षामा कार्यक्रममा इन्सेक जिल्ला अप्रतिनिधि सीताराम अधिकारीले ६६ ओटा घटनामा ६० जना महिला र ७ जना पुरुष पीडित भएको तथ्यांक प्रस्तुत गर्नुभयो ।
वर्षभरीमा धादिङ कारागारमा एक जनाको मृत्यु, हत्या घटनामा ५ जना, एक स्थानहदको घटनामा २ जना, बालिका बलात्कारमा १७ जना बालिका, बालयौन दुरुपयोगमा २ जना, महिला बलात्कार घटनामा १० जना, बलात्कार प्रयास घटनामा २ जना, घरेलु हिंसामा २२ जना, बहुविवाहमा १ जना, बालक अपहरणमा १ जना, आत्महत्या दुरुत्साहनमा २ जना र अपांगता अधिकार उल्लंघनमा १ जना पीडित भएको इन्सेकले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।