FLASH NEWS

एमाले सचिव अर्याल भन्नुहुन्छ महिलालाई दिने आशिर्वाद बदलेका छाैँ

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ मंसिर १८, मंगलबार (३ हप्ता अघि)
  • १६८

    Shares

एमाले सचिव अर्याल भन्नुहुन्छ महिलालाई दिने आशिर्वाद बदलेका छाैँ

धादिङ:     नेकपा एमाले केन्द्रीय सचिव पद्माकुमारी अर्यालले महिलालाई दिने पुरानो आर्शिवाद बदलेको बताउनुभएको छ। सोमबार  नेकपा एमाले धादिङले धादिङबेसीमा आयोजना गरेको प्रशिक्षण तथा महिला भेलालाई सम्बोधन गर्दै अर्यालले महिलालाई दिने विभिन्न आर्शिवाद महिला आन्दोलन र सचेतनाले बदलेको बताउनुभएको हो ।

नेकपा एमाले जिल्ला पार्टी कार्यालयमा लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानको अबसरमा आयोजित प्रशिक्षणलाई सम्बोधन गर्दै अर्यालले नेकपा एमालेका कारण देशमा परिवर्तन आएको र समावेसीको विषयले कानूनी रुप पाएको बताउनुभयो ।

परिवर्तनको सँवाहक बनेर सहभागिता, समावेसिता र शशक्तिकरणको विषय एमालेले मात्र उठाएको बताउँदै अर्यालले धर्म, चलन, संस्कृति र समाज महिलामैत्री नभएकोले यो मानिसले नाएको धर्मचलन र संस्कृतिको नराम्रो पक्षलाई बदल्नु पर्नेमा जोड दिनुभयो ।

नेकपा एमाले जिल्ला अध्यक्ष भूमि त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै त्रिपाठीले महिलामाथी हुने हिंसाको विरुद्ध एमाले एक भएर लाग्ने र समामाजिक रुपान्तरका लागि कानूनी रुपमा एमालेले मात्र अहिले सम्म परिवर्तन गरेको बताउनुभयो ।

नेकपा एमाले जिल्ला सचिव राधिका सापकोटाले नेकपा एमालेमा पार्टी सदस्यमध्ये महिलाको संख्या २० प्रतिशत रहेको र कमिटिहरुमा ३० प्रतिशत सहभागिता रहेको तथ्यांक उल्लेख गर्दै महिला शशक्तिकारणका लागि महिलाको सहभागिता र शशक्तिकरणमा जोड दिनु पर्ने बताउनुभयो । नेकपा एमाले बागमति प्रदेश कमिटि सदस्य कमला शर्माले महिलाको मुक्ति र महिलाहरुको अधिकार नेकपा एमालेले उठाउको मुद्दालेमात्र गर्न सक्ने बताउनुभयो ।

१६ ओटा दिप प्रज्ज्वलन गरि कार्यक्रमको उद्घाटन गरिएको थियो । जिल्ला भरका महिला अगुवा नेताहरुको कायृक्रममा सहभागिता रहेको थियो ।

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस