५२
Sharesथाक्रे : धादिङको थाक्रे ४ मा रहेको तसर्पू साना किसान कृषि सहकारी संस्था लिको १५ औँ वार्षिक साधारण सभा भएको छ।
सहकारीको बार्षिक साधारण सभा मार्फत वार्षिक प्रतिवेदन २०८१ संस्थाका अध्यक्ष राधिकादेवी सापकोटाले प्रस्तुत गर्नु भएको थियो ।वि.स २०६६ सालमा स्थापना भएको सहकारीको शेयर पुँजी १ करोड ४७ लाख ७६ हजार १ सय रुपैयाँ रहेको छ । साधारण जगेडा कोष १ करोड ६६ लाख १९ हजार ९२६ रुपैयाँ,अन्य जगेडा कोषहरु ५४ लाख ९९ हजार ६०७ रुपैयाँ,ऋण लगानीमा समभावित जोखिम कोष ४१ लाख ४३ हजार ३८७ रुपैयाँ, बचत निक्षेप दायित्व ५ करोड १४ लाख २८ हजार ०९३ रुपैयाँ, पुँजिगत अनुदान कोष ३७ लाख ७० हजार २९७ रुपैयाँ,चालु दायित्व तथा भुक्तानी दिनुपर्ने हिसाव ४ लाख ६९ हजार ४८८ रुपैयाँ,दिर्घकालिन तथा अन्य दायित्व हिसाव १९ लाख ४७ हजार २२२ रुपैयाँ, आम्दानी नजनाएको पाउनु पर्ने व्याज ३० लाख ९० हजार २५१ रुपैयाँ रहेको सहकारीको जम्मा करोकार १३ करोड ३९ लाख ४६ हजार ३७५ रुपैयाँ रहेको सहकारीका प्रबन्धक बिरसिंह लामाले जानकारी दिनु भयो ।
संस्थामा अहिले २०६ वटा समुह तथा ८६४ जना शेयर सदस्य रहेको उक्त सभाका प्रमुख अतिथि एवं थाक्रे गाउँपालिकाका अध्यक्ष राम कुमार आचार्यले सभाको सफलताको शुभकामना दिनु हुदै तसर्पू साना किसानले अब आफ्ना सदस्यहरुलाई ब्यबसायिक रुपमा पनि अगाडि बढाउदै लैजानु पर्ने र आफुले लगानी गरेको ऋण सहि कामको लागि दिनु पर्ने बताउनु भयो। तेस्तै सानाकिसानाले किसानहरुको लागि आधुनिकीकरण तर्फ लैजान र रासायनिक मललाइ न्यूनीकरण गर्दै लैजान र कम्पोस्ट मलको प्रयोग तर्फ लाग्न र बिसादी हरु भन्दानी घरमै बनाइने घरेलु औषधिहरु प्रयोगमा जोड गर्नु पर्ने भएको छ किनकि यस्ता बिसादिहरुले मान्छेमा बिभिन्न रोग हरु लाग्ने अथवा क्यान्सर जस्ता रोग हरु पनि दिनानुदिन बढिरहेको उहाको भनाइ छ।
संस्थाका अध्यक्ष सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा पृर्व उपाध्यक्ष अम्बिका रुपाखेती, केवलपुर महिला साना किसान कृषि सहकारी संस्था लि।का अध्यक्ष अप्सरा अधिकारी, भूमेस्थान सानाकिसान कृषि सहकारी संस्था लि काअध्यक्ष कृष्ण बहादुर थापा, साना किसान विकास लघुबित्त बित्तिय संस्था लि गजुरीका प्रबन्धक दिपकराज पाण्डे, विभिन्न सहकारी संस्थाका प्रबन्धक तथा प्रतिनिधी, सहकारीका शेयर सदस्यहरुको सहभागीता रहेको थियो ।