FLASH NEWS

मेयर बालेन्द्र शाह मन्त्री भेट्न स्वास्थ्य मन्त्रालयमा,

  • टोलटोलको खबर
  • अर्थतन्त्र
  • प्रकाशित मिति:
  • २०७९ भाद्र १६, बिहिबार (२ साल अघि)
  • ६६

    Shares

मेयर बालेन्द्र शाह मन्त्री भेट्न स्वास्थ्य मन्त्रालयमा,

काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङसँग भेटवार्ता गर्नुभएको छ । काठमाण्डौ महानगरपालिकाभित्र रहेका ठूला सरकारी अस्पतालमा सेवा प्रवाह राम्रो नभएको, फोहर व्यवस्थापन नभएको, शुल्क महँगो भएको लगायतका गुनासा आएको भन्दै मेयर शाहले स्वास्थ्य मन्त्रीलाई भेट्नुभएको हो ।

छलफलमा स्वास्थ्य मन्त्री खापुङ, राज्यमन्त्री हिराबहादुर केसी, स्वास्थ्य सचिव, स्वास्थ्य सेवा विभागका महानिर्देशक, वीर अस्पताल, ट्रमा सेन्टर, प्रसूति गृह, सिभिललगायतका अस्पतालका निर्देशक सहभागी थिए ।

मेयर शाहका कुरा सुनेपछि मन्त्री खापुङले आफूले यसअघि नै सबै अस्पतालका निर्देशकलाई एक महिनाभित्र गुनासो सम्बोधन हुने गरी काम गर्न निर्देशन दिएको बताउनुभयो । निर्देशकहरूले नै एक महिनाको समय मागेको र त्यो समयसम्म कुर्ने र प्रगति सन्तोषजनक नपाइएमा थप कदम चाल्ने मन्त्री खापुङको भनाइ थियो ।

छलफलमा मेयर शाहले अस्पतालको अनुगमनमा जाने प्रस्ताव गर्नुभएको थियो, जवाफमा मन्त्री खापुङले अस्पतालका निर्देशकहरूले मागेको एक महिनाको समय कुर्न र त्यसपछि अनुगमनमा जाँदा उपयुक्त हुने बताउनुभयो । अस्पतालहरूमा फोहर, शौचालय छिर्नै नसकिने अवस्था, बेडका खोल नफेरिने, कर्मचारीले रुखो व्यवहार गर्नेलगायतका गुनासो आएको मेयर शाहले बताउनुभएको थियो । ujyaalo online

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस