९२
Sharesधादिङ : धादिङ जिल्लामा रहेर पत्रकारिता गरिरहेका नारायण सिलवालले यहि कार्तिक २४ गते काठमाडौमा हुने राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे नेपाल) को २७ औं साधारण सभा तथा १३ औं अधिबेशनमा उपाध्यक्षमा उम्मेदवारि दिनु भएको छ।
२०६१ सालमा आँखु सन्देशबाट पत्रकारिता सुरु गर्नु भएको सिलवालले २०६४–०६९ सम्म जनमुक्तिमार्ग साप्ताहिक, २०६५–०६६ गोरखापत्र दैनिक, २०६६–०७३ रेडियो बिहानी र २०७३ देखि धादिङपोष्टको प्रधान-सम्पादकका रुपमा कार्यरत हुनुहुन्छ।
२०७३ मा राष्ट्रिय फोटो पत्रकार समूहको सदस्यका लिनु भएका उहा २०७४ सालमा फोटो पत्रकार संघ धादिङको अध्यक्षबन्नु भयो । जिल्ला अध्यक्ष हुँदा फोटो पत्रकार तालिम, जिल्ला स्तरीय फोटो प्रतियोगिताहरु, धादिङका पुराना फोटो पत्रकार, फोटो ग्राफर सम्मान सँगैं पुराना क्यामराहरु प्रदर्शनी जस्ता कार्यक्रमहरु सम्पन्न गर्नु भएको थियो।
०७६ साल भदौमा राष्ट्रिय फोटो पत्रकार समूह बागमती प्रदेशको अध्यक्ष बनेका सिलवाल ०७८ पुसमा पुन बागमतीको अध्यक्ष बन्नु भयो। ०८० मंसिरमा भएको तेस्रो अधिबेशनबाट पनि उनी निर्विरोध अध्यक्षमा निर्वाचित हुनु भयो।
राष्ट्रिय स्तरको क्रियाशिल फोटो पत्रकारिता पुरस्कार समेत पाईसक्नु भएको सिलवालले प्रदेशको कार्यकाल नसकिँदै उहाले केन्द्रिय अधिबेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिनु भएको टोलटोलको खबर डट कम सीताको कुराकानीमा बताउनु भयो।