FLASH NEWS

थाक्रे गाउँपालिकामा जुवातास, कौडा खेल्न र सार्वजनिक स्थानमा मादक पदार्थ सेवन गर्न नपाइने

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ कार्तिक १४, बुधबार (३ हप्ता अघि)
  • १२६

    Shares

थाक्रे गाउँपालिकामा जुवातास, कौडा खेल्न र सार्वजनिक स्थानमा मादक पदार्थ सेवन गर्न नपाइने

थाक्रे  :   धादिङको थाक्रे गाउपालिकामा जुवातास, कौडा,खेल्न र सार्वजनिक स्थानमा मापक पदार्थ सेवन गरी होहल्ला गर्न नपाइने भएको छ।
शान्ती सुरक्षाको अवस्थालाई ध्यानमा राख्दै पालिकाले यस्तो सूचाना प्रकाशन  गरेको हो।

गाउपालिकाका अध्यक्ष रामकुमार आचार्य द्वारा नेपालीहरूको महान चाड शुभ दिपावली, छठ तथा नेपाल सम्बत् ११४५ को उपलक्ष्यमा थाक्रे गाउँपालिकावासी बुवाआमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै यस महान चाडका आ-आफ्नै मौलिकता अनुरूप सामाजिक सदभाव र भातृत्व कायम गर्दै चाडपर्व मनाउँदा पारिवारिक एवं सामाजिक जीवनका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा कुनै असर गर्ने ‘कानून विपरितका कार्य नगर्न नगराउन सूचनामा उल्लेख गरिएको छ।

निषेधित कार्यमा सार्वजनिक स्थानमा मापक पदार्थ सेवन गरी वा नगरी होहल्ला गर्न , जुवातास, कौडा, लड्डुरबुर्जा, सट्टेबाजी आदि खेल्ने खेलाउने , वातावरणमा प्रत्यक्ष असर गर्ने प्रज्वलनशील पदार्थ पटाका, आतसबाजी, भुईचम्पा जस्ता विस्फोटक पदार्थ बेचविखन तथा प्रयोग गर्न नपाइने रहेको छ भने सूचनामा उल्लिखित निषेध गरिएका कार्य गरेको पाइएमा नजिकैको सुरक्षा निकायमा जानकारी गराई दिनु हुन समेत हार्दिक अपिल गरिएको छ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस