१२३
Sharesथाक्रे: धादिङको थाक्रे गाउपालिकामा संचालित विधालयहरुको नतिजा विश्लेषण कार्यक्रम भएको छ।
११ र १२ गते पालिकाको सभा हलमा एक कार्यक्रमको आयोजना गरि पालिका भित्र सन्चालन भएका विद्यालयहरुको कक्षा ५, ८ , १० र १२ को नतिजाको विषयमा छलफल भएको हो ।
ICDC नेपालको सहकार्यमा भएको उक्त कार्यक्रममा प्रतेक बिद्यालयको प्र अ तथा प्रतिनिधिहरुले आ आफ्नो विद्यालयको नतिजा र आफ्नो विद्यालयमा भएका समस्या तथा चुनौती एवं सुधारको लागि गरिएका पहलको विषयमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा आ आफ्नो विद्यायमा अब भोलिका दिनहरुमा नतिजा सुधार गर्ने बताउदै चार बुदे पत्रमा हस्ताक्षर गर्दै प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ ।
कार्यक्रममा पालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख वरिष्ठ अधिकृत दुर्गा देवि खड्काले प्राय विद्यालयमा गणित विषयमा कमजोरी रहेको बताउदै अब भोलिका दिनहरूमा यसलाई सुधार गर्दै लैजान आफू पनि लाग्ने र विद्यालयका प्रमुख तथा प्रतिनिधिहरुलाई पनि लाग्न आग्रह गर्नु भयो ।
तेस्तै कार्यक्रम पालिका शिक्षा समिती सदस्य तथा पालिकाका पुर्व उपाध्यक्ष अम्बिका रुपाखेतीले अब कुनै पनि हालतमा शिक्षा क्षेत्रमा सुधार लेराउन सबैको महत्वपूर्ण भूमिका रहेको भन्दै शिक्षकहरुले अझ मेहनतका सात लागि पर्नु पर्ने बताउनु भयो। साथै उहाले प्रतिबद्धता अनु सार काम गर्नु पर्ने समेत बताउनु भयो।
तेस्तै पालिकाका उपाध्यक्ष यन्त्र बहादुर थापाले कार्यक्रम एकदम महत्त्वपूर्ण भएको र यसबाट भएको उपलब्धिहरु विद्यालयमा लागू गर्न आग्रह गर्नु भयो ।
कार्यक्रमको सभा अध्यक्ष तथा पालिकाका अध्यक्ष रामुकामार आचार्यले पालिकाले शिक्षा क्षेत्रको लागि राम्रै लगानी गरि १२ कक्षा सम्म निशुल्क शिक्षा प्रदान गर्दै आइरहेको हुँदा शैक्षिक क्षेत्रलाई माथी उकास्न शिक्षक ,बिद्यार्थी, अभिभावक , जनप्रतिनिधि सबै आ आफ्नो ठाउँबाट लाग्नु पर्ने बताउनु भयो । तेस्तै उहाँले छलफलबाट निकालिएको निचोड को चारबुदे प्रतिबद्धतालाई सबै विद्यालयले मङ्सिर १५ गते भित्र लागू गरि ब्याबाहारमा उतार्न आग्रह गर्नु भयो।
कार्यक्रममा एकीकृत सामुदायिक विकास अभियान(ICDC) नेपाल धादिङ स्थानीय अधिकार कार्यक्रम (LRP) का कार्यक्रम संयोजक रमेश अधिकारी ,एकीकृत सामुदायिक विकास अभियान(ICDC) नेपाल धादिङ स्थानीय अधिकार कार्यक्रम (LRP) का कार्यक्रम अधिकृत दिल वहादुर रम्तेल, विद्यालयका प्र अ तथा प्रतिनिधि ,जनप्रतिनिधि , संचारकर्मीहरुको सहभागिता रहेको थियो।