FLASH NEWS

 आठौँ वर्ष प्रवेशको अवसरमा धादिङ मकवानपुर शैक्षिक सहयोग समुह द्वारा बालबालिकाहरूलाई लुगा तथा शैक्षिक सामाग्री हस्तान्तरण 

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ कार्तिक ८, बिहिबार (१ महिना अघि)
  • १५९

    Shares

 आठौँ वर्ष प्रवेशको अवसरमा धादिङ मकवानपुर शैक्षिक सहयोग समुह द्वारा बालबालिकाहरूलाई लुगा तथा शैक्षिक सामाग्री हस्तान्तरण 

धादिङ:  धादिङको थाक्रे ५ दामेचौरमा बालबालिकाहरूको लागि लुगा वितरण तथा शुभ दिपावलीको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम भएको छ। प्रेम राउत फाउण्डेशन जन भोजानालय , दामेचौरमा  धादिङ मकवानपुर शैक्षिक सहयोग समुहको आठौँ वर्ष प्रवेशको  अवसरमा  उक्त कार्यक्रम आयोजना गरेको हो।  

कार्यक्रममा पञ्चकन्या प्रा बि थाहा ८ ,बागेश्वरी प्रा बि टिस्टुङ थाहा ११ , देउराली प्राबि थाहा १२ तेस्तै थाक्रेको लिति महाकाल मा बि थाक्रे ४ ,महाकाली मा बि थाक्रे ४  , भुमेकाली आ बि गजुरी , ,शारदा आ बि तेस्तै आदर्श  मा बि  तेस्तै  गल्छी र गजुरीका केही विद्यालयका विद्यार्थीहरूलाई पनि लुगा तथा शैक्षिक सामाग्री सहयोग गरिएको हो। 

 

यस्तै  थाक्रे ५ मा रहेको बाइरोड क्लब लाई १० थान  ड्रेस र १ थान फुटबल हस्तान्तरण गरिएको आयोजकले जनाएको छ।  समाज सेवी रजनी लामाले पनि विद्यार्थीहरूले निर्त्य गर्दा लगाउने पोसाक हस्तान्तरण गरिएको उक्त समुहले जनाएको छ।
व्यक्ति व्यक्तिको साना बालबालिकाहरूको लागि सहयोग अभियान भन्ने नाराको साथ धादिङ मकवानपुर शैक्षिक सहयोग समुहले विगत लामो समय देखि यस्तो सामाजिक कार्य गर्दै आइरहेको छ र भोलिका दिनहरूमा पनि असहाय दुखी गरिब रहेका
विद्यार्थीहरूको लागि निरन्तर सहयोग गरिरहने समुहका प्रमुख किरण शर्माले बताउनु भयो। 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस