३५७
Sharesधादिङको थाक्रे गाँउपालिका वडा नं. १० मा रेहको केवलपुर हरिहर भोजकुमारी माध्यमिक विद्यालयमा रहेको तेक्वान्दो डोजाङमा ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा ३५ जना विद्यार्थीहरुको ह्वाइट बेल्ट देखी हाफ ब्लु बेल्ट सम्मका तहको ग्रेडिङ गरिएको थियो । ग्रेडिङ कार्यक्रम धादिङ तेक्वान्दो संघका सदस्य तथा मलेखु र गजुरी तेक्वान्दो डोजाङका प्रमुख धन बहादुर गुरुङले गराउनु भएको थियो ।
थाक्रे गाउँपालिका वडा नं. १० मा रेहको केवलपुर हरिहर भोजकुमारी माध्यामिक विद्यालय मा के.एच.बी.एस.एस. तेक्वान्दो डोजाङ मार्फत थाक्रे गाउँपालिका वडा नं १० का साथै गल्छी गाँउपालिकाका केही खेलाडीहरुले तेक्वान्दो प्रशिक्षण लिइरहेका छन् ।
थाक्रे गाँउपालिका वडा नं. १० को सहयोग तथा केवलपुर हरिहर भोजकुमारी माध्यामिक विद्यालयको समन्वयमा डोजाङ सञ्चालन गरि वडा नं. १० र आसपासका भेगहरुका समेत खेलाडीहरुलाई तेक्वान्दो प्रशिक्षण गरिएको डोजाङ प्रमुख तथा प्रशिक्षक विदुर बाँस्कोटाले बताउनु भयो ।
विद्यार्थीहरुमा खेल मार्फत चौतर्फी विकास गराउने उद्देश्यले विद्यालयले वडा कार्यालयमार्फत मार्फत समन्वय गरी डोजाङ सञ्चालन गरेको विद्यालयका प्रधानाध्यापक सहदेव गजुरेलले बताउनुभयो ।
वडा नं. १० का वडा अध्यक्ष गोकुल प्रसाद लामिछानेले विद्यार्थीहरुको खेलप्रतिको भवनाको सम्मान गर्दै विद्यालय संग समन्वय गरी तेक्वान्दो प्रशिक्षकको पारिश्रमिक तथा ग्रेडिङ लगायतका कार्यक्रममा लाग्ने सम्पूर्ण शुल्क समेत वडा कार्यालयले ब्यहोर्ने गरि तेक्वान्दो खेललाई अगाडी बढाइएको बताउनु भयो ।
कार्यक्रममा थाक्रे गाँउपालिका वडा नं. ८ मा सञ्चालित ब्लुमिङ लोटस अङ्ग्रेजी माध्यमिक विद्यालयका प्रिन्सिपल संजिव गजुरेलले रु. २० हजार बराबरको स्पाइरिङको लागि आवश्यक पर्ने खेल सामाग्री तेक्वान्दो डोजाङलाई हस्तान्तरण गर्नुभएको थियो ।