८८
Sharesसन् २०२२ साल काठमाडौमा स्थापना भएको संस्था”उद्दार खबरले” सत्य,तथ्य समाचार संकलन तथा सम्प्रेषण गरी जनतामाझ सुचनाको हक अधिकार दिलाउने मुख्य उदेश्य सहित नेपाल तथा नेपालीहरुको सुख दुख आपत र बिपदमा परेकालाई सहयोग गर्दै,नेपाली गीतसंगीत,म्युजिक भिडियो,कला संस्कृति र समग्र चलचित्र क्षेत्रको संरक्षण,संवर्धन र उत्थानका निमित्त काम गरिरहेको छ।
यसै शिलशिलामा”अग्रजलाई सम्मान नवलाई प्रोत्साहन प्रोत्साहन,कला,संस्कृति संरक्षणमा हाम्रो अभियान” भन्ने मुल नाराका साथ यस संस्थाले नेपाली गीत संगीत तथा चलचित्र क्षेत्रमा आबद्ध कलाकर्मीहरुको निरन्तरताको निम्ति उच्च मनोबल बढाउने उदेश्यले २०२३मार्च ५ तारिकका दिन मलेसियाको राजधानी क्वालालम्पुर स्थित ग्रान्ड इन्टरनेशनल होटलमा प्रथम अन्तर्राष्ट्रिय उद्दार खबर म्युजिक अवार्ड २०२३ सम्पन्न भएको छ।
कार्यक्रम उद्दार खबरका अध्यक्ष सानुकान्छा शाहिको सभापतित्व,मलेसियाका NRN का अध्यक्षको प्रमुख आतिथ्य र मलेसियामा रहेको नेपाली संघ संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।
सर्वोत्कृष्ट हुन सफल भई अवार्डबाट सम्मानित हुने ब्यत्तिहरुको नाम र अवार्डेट बिधाहरु नाम यस प्रकार रहेको छ हेर्नु होस्।
सर्वोत्कृष्ट नायक दावा फिन्जो तामाङ (चलचित्र अभियान)
सर्वोत्कृष्ट नायिका मनिसा रसाइली( चलचित्र वस्ताद जि)
सर्वोत्कृष्ट गायक उत्सब सुब्बा लामा(आधुनिक)गाउँछ मेरो दिल
सर्वोत्कृष्ट गायिका अस्मिता अधिकारी(आधुनिक) काले केटाले
सर्वोत्कृष्ट रचना मीन सागर लामा(आधुनिक)करेसमा
सर्वोत्कृष्ट रचनाकार सुरेन्द्र श्रीजन(आधुनिक) हेर स्वर्ग
सर्वोत्कृष्ट संगीतकार गोबिन्द मधुर आचार्य(आधुनिक) म मरेको छैन
सर्वोत्कृष्ट गायक सबिन चौहान (लोकदोहोरी) नङमा पालिस
सर्वोत्कृष्ट गायिका मिना लामा (लोकदोहोरी) झम्के साँझमा
सर्वोत्कृष्ट गीत लेखन सि पि मगर( लोकदोहोरी)छलछल पानी
सर्वोत्कृष्ट लय वसन्त थापा(लोकदोहोरी) रलै दौंतरी
सर्वोत्कृष्ट गायक आसमान लोप्चन(सेलो) तामाङको हुल
सर्वोत्कृष्ट गायिका सुमिना लो(सेलो) खुकुरी हैन कर्द
सर्वोत्कृष्ट रचना शैलाप वाईबा(सेलो) काँचो काँचो सुन्तला
सर्वोत्कृष्ट संगीत प्रयास दोङ(सेलो)फाई फाई आलाउ
सर्वोत्कृष्ट गायक रेशम बिश्वकर्मा(पप)कालो चिया
सर्वोत्कृष्ट गायिका बिशान पाख्रीन(पप)गलबन्दी
सर्वोत्कृष्ट रेकर्डिस्ट कारण सन्जेल
सर्वोत्कृष्ट मिक्सिङ गोबिन्द सोनी
सर्वोत्कृष्ट रचना एम.आर.सी.एम.तामाङ (पप)ठट्टै ठट्टा
सर्वोत्कृष्ट संगीतकार सुर्य मम्बा(पप) चोली छोटो छ बोलको गीतले उत्कृष्ट हुँदै अवार्ड हात पारेका छन्। गीत संगीत र चलचित्र क्षेत्रमा योगदान दिदैं सक्रिय २१ जना श्रस्टाहरुलाई विभिन्न बिधामा सम्मानित गरिएको छ।