१७१
Sharesधादिङ : कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले असोज ११ र १२ गते आएको विपद्का कारण ६ अर्ब रुपैयाँ बराबरको बालीनाली नोक्सान भएको जानकारी दिनुभएको छ।
बुधवार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री अधिकारीले असोज ११ र १२ गतेको भारी वर्षासँगै आएको विपद्ले ६ अर्ब रुपैयाँ बराबरको बालीनाली नोक्सानी गरेको बताउनु भएको हो। यद्यपि सो तथ्याङ्क प्रारम्भिक भएको उहाको भनाइ छ। उहाले सरकारले किसानहरूलाई राहत दिने सन्दर्भमा गम्भीरतापूर्वक सोचिरहेको र मन्त्रालय छलफलमा रहेको बबताउनु भयो। । उहाले राहतका लागि दातृनिकायलाई पनि अनुरोध गरिएको बताउनु भयो।
मन्त्री अधिकारीले भने‚ ‘सरदर ६ अर्ब रुपैयाँ नोक्सानी भयो अहिलेको अन्नबालीमा भन्ने सामान्य डाटा निकालेका छौँ। आगामी दिनमा राहत के दिन सकिन्छ ? यसतर्फ हामीले गम्भीरतापूर्वक सोचेका छौँ। मन्त्रालयमा छलफल पनि भएको छ। दातृसंस्थाहरूसँग पनि हामीले अनुरोध गरेका छौँ।’