FLASH NEWS

गल्छी ४ मासटारमा १५ करोड लगानीमा रिसोर्ट संचालन

  • टोलटोलको खबर
  • अर्थतन्त्र
  • प्रकाशित मिति:
  • २०८१ आश्विन १५, मंगलबार (१ महिना अघि)
  • १२२

    Shares

गल्छी  ४ मासटारमा १५ करोड लगानीमा रिसोर्ट संचालन

धादिङ :   संघीय राजधानी र देशिका विभिन्न प्रदेश राजधानी तथा जिल्लालाई जोड्ने मुख्य पृथ्वीराजमार्ग पृथ्वीराज मार्ग अन्तर्गत धादिङको गल्छी गाँउपालिका वडा नं. ४ मासटारमा सुविधा सम्पन्न ट्रिपल क्राउन रिसोर्ट सञ्चालनमा आएको छ । मासटारका स्थानय तीन दाजुभाई दीपक अधिकारी, केशव अधिकारी, रमेश अधिकारीको संयुक्त लगानीमा रिसोर्ट सञ्चालन ल्र्याको हो । ट्रिपल क्राउन रिसोर्ट जिल्लामा अहिलेसम्मकै सुविधा सम्पन्न रिसोर्ट रहेको व्यवस्थापनको दावी रहेको छ ।

असोज १ गतेबाट सञ्चालनमा ल्याइएको ट्रिपल क्राउन रिसोर्टमा करिव १५ करोड रुपैयाँ लगानी रहेको छ । रिसोर्टमा विवाह, व्रतबन्ध, सेमिनार, गोष्ठीलगायतका कार्यक्रम र टुरिष्टहरुका लागि विशेष खालको सेवा सुविधा रहेको छ । रिर्सोटमा एकै दिनमा पाँच सय जनासम्म पहुनालाई खाना खुवाउन सकिन्छ । रिसोर्टमा पर्यटकहरुलाई तीनतारे स्तरका सेवा सुविधाहरु उपलब्ध गराउने व्यवस्थापनको दावी रहेको छ । रिसोर्टमा १५ वटा कोठाहरु रहेका छन् । एक रातमा ४० जना बास बस्न सक्ने रिसोर्टमा सबै कोठाहरुमा वातावरण अनुकुलित अर्थात एसी जडान गरिएको छ । रिसोर्ट परिसरमै रोयल स्वीट २ वटा रुम रहेका छन् ।

रीसोर्टमा पाहुनाकोे सुविधाका लागी स्वीमिङ पुलको निर्माण गरिएको छ । वातावरण मैत्री वनाउन साना वगैचा तथा फुलवारी निर्माण गरिएको छ । यसैगरी १ सय ५० जना क्षमताको रेष्टुरेन्ट र साना ठुला गरी ३ वटा कन्फ्रेन्स हल रहेको छ । दुई वटा कन्फ्रेन्स हलमा चार सय ५० जना अटाउने छन् । रिसोर्टमा बार, कफी शप , बच्चाहरूको लागि विशेष प्ले जोन, उपलब्ध छन् । रिसोर्ट परिसरमा कम्तिमा १ सय वटा साना तथा ठुला सवारी साधन पार्किङ गर्न सकिने छ भने ३० जनालाई रोजगारी प्रदान गरेको छ रिसोर्टका प्रबन्धक दीपक अधिकारी बताउनु भयो ।

राजधानी भित्रिने र बाहिरिने आन्तरिक तथा वाह्य पर्यटकहरुलाई लक्षित गरि सञ्चालन गरिएको रिर्सोटले पर्यटकहरुलाई पक्कै पनि सहजता ल्याउछ । यस्ता होटल तथा रिर्सोटहरुले सम्वन्धित पालिका तथा जिल्लाहरुलाई पनि चिनाउन मद्दत गर्छ । स्थानीय स्तरमा केही रोजगारी पनि वृद्धि हुन्छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस