FLASH NEWS

बद्रीलाल नेपालीले धादिङमा सम्पन्न छैटौं राष्ट्रिय भेट्रान बुद्धिचाल प्रतियोगिताको लिए उपाधि

  • टोलटोलको खबर
  • खेलकूद
  • प्रकाशित मिति:
  • २०८१ आश्विन ८, मंगलबार (२ महिना अघि)
  • १२८

    Shares

बद्रीलाल नेपालीले धादिङमा सम्पन्न छैटौं राष्ट्रिय भेट्रान बुद्धिचाल प्रतियोगिताको लिए उपाधि

धादिङ :  बद्रिलाल नेपालीले धादिङमा सम्पन्न छैटौं राष्ट्रिय भेट्रान बुद्धिचाल प्रतियोगिताको उपाधि जित्नु भएको छ । उपाधिसँगै उहाले ४० हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नु भएको छ।
नेपाल बुद्धिचाल महासंघ र धादिङ जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजना तथा धादिङको थांक्रे गाउँपालिकाले प्रायोजन गरेको प्रतियोगितामा तिन पटकका पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपालीले ७ चरणको खेलबाट ६ अंक जोडेर भेट्रान च्याम्पियन बन्नु भएको हो। बद्रीले २१२४ रेटिङ परफर्म गर्दै व्यक्तिगत २८ रेटिङ समेत वृद्धि गर्न सफल हुनुभएको छ।

१९३७ रेटेड बद्रीलालले आफ्ना पाँच जना प्रतिद्वन्द्वी विरुद्ध जित हासिल गरेका थिए भने पूर्व नेपाल च्याम्पियन द्वय सिएम नवीन तण्डुकार, एफएम बिलमलाल श्रेष्ठसँग बराबरी खेल्नु भएको थियो ।

होटल महादेववेसि धादिङमा सम्पन्न प्रतियोगितामा पूर्व नेपाल च्याम्पियन सिएम नवीन तण्डुकारले ५।५ अंक जोडेर दवस्रो हुनु भयो । १८६६ रेटेड सिएम नविनले पाँच खेलमा जित र एक बराबर खेलेका थिए । काठमाडौंका नविनले नगद २० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नु भयो ।

लामो समय पछि चेस खेलमा पुनरागमन गरेका पूर्व नेपाल च्याम्पियन एफएम बिलमलाल श्रेष्ठ तेश्रो स्थानमा रहनु भयो । ललितपुरका १९८७ रेटेड एफएम बिलमलाल श्रेष्ठले डाइरेक्ट इन्काउन्टर, बुचोल्ज टाइब्रेक गेमप्वाइण्ट कट वान र कट टु, मोष्ट वीन ब्लाकका आधारमा ५ अंक जोडेर तेश्रो हुनु भएको हो । उहाले नगद १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नु भएको छ ।

भेट्रान राष्ट्रिय प्रतियोगितामा समान ५ अंक बनाएर पनि भक्तपुरका जगन्नाथ ताम्राकार चौथो र ताप्लेजुङका हर्क बहादुर चोङ्वाङ पाँचौ स्थानमा रहे । १८१२ रेटेड जगन्नाथले नगद १० हजार नगद प्राप्त गर्नु भएको छ भने १७२० रेटेड हर्क बहादुरले नगद ८ हजार हात पर्नु भएको छ ।

यस्तै काठमाडौंका १८४३ रेटेड सिएम भगवती प्रसाद शर्माले ४।५ अंक बजाएर छैटौं स्थानमा रहे । शर्माले नगद ५ हजार प्राप्त गर्नु भएको छ भने भक्तपुरका १८४५ रेटेड गणेशमान दुवाल सातौं स्थानमा रहदै नगद ५ हजार हात पार्न सफल हुनु भएको छ ।

नेपाल बुद्धिचाल महासंघले २०६६ साल देखि राष्ट्रिय भेट्रान च्याम्पियनसिप आयोजना गर्न थालेको थियो ।

पहिलो संस्करणमा ललितपुरका जगत बहादुर शाक्य, २०६८ सालमा भएको दोस्रो संस्करणमा ललितपुरका रविन्द्र शाक्य, २०७० सालमा भएको तेश्रो संस्करणमा काठमाडौंका जनार्दन श्रेष्ठ, २०७४ सालमा भएको चौथो संस्करणमा ललितपुरका रविन्द्र शाक्य र २०७९ सालमा भएको पाँचौ संस्करणमा काठमाडौंका बद्रीलाल नेपाली विजयी हुनु भएको थियो।

धादिङ जिल्ला बुद्धिचाल संघले यसै अवसरमा ७ चरणको खेल खेलाउदै जिल्ला च्याम्पियन प्रतियोगिता सम्पन्न गरेका छन् । प्रतियोगितामा निराजु लामा ६ अंक सहित पहिलो, मनिष कोइराला ५/५ अंक जोडेर दोस्रो तथा रमेश हमाल ५ अंक जोडेर तेस्रो हुनु भयो । जिल्ला विजेताले १५ हजार, उपविजेताले १० हजार र तृतीय हुनेले ५ हजार नगद प्राप्त गर्नु भएको छ।

विजेता खेलाडीहरुलाई धादिङ जिल्ला थांक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य र धादिङ जिल्ला बुद्धिचाल संघका अध्यक्ष बिकास कार्कीले पुरस्कार वितरण गर्नु भएको थियो। आयोजकले खेलाडीहरुको लागि बसोबास र यातायातको व्यवस्था गरेको जानकारी गराउनु भएको थियो।

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस