FLASH NEWS

सिद्धलेकमा रेविज विरुद्धको खोप अभियान संचालन ।

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ आश्विन ७, सोमबार (२ महिना अघि)
  • १३७

    Shares

सिद्धलेकमा रेविज विरुद्धको खोप अभियान संचालन ।

धादिङ:  १८ औँ विश्व रेविज विरुद्धको दिवसको अवसरमा सिद्धलेक गाउँपालिकाले रेविज विरुद्धको खोप अभियान संचालन गरेको छ ।

“अवरोध हटाऔं, रेबिज उन्मूलन गरौं” भन्ने नाराका साथ गाउँपालिकाको पशु सेवा शाखाको आयोजनामा आज देखि रेविज विरुद्धको खोप अभियान संचालन गरेको गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले जानकारी दिनुभएको छ ।

खोप अभियान अन्र्तगत पहिलो दिन आज कालीदह, बैरेनी, खिर्रे, ठाँटी सहित वडा नं १ र २ का क्षेत्रका कुकुर र बिरालोलाई निशुल्क खोप लगाईने गाउँपालिकाका पशु चिकित्सक डा.चक्र वलीले जानकारी दिनुभयो ।

त्यस्तै असोज ८ गते मंगलबार कमलावारी, ईटपानी, मैदान सहित वडा नं ३ र ४ का क्षेत्रमा, असोज ९ गते बुधबार बाघबच्छला र बुङचुङ सहित वडा नं ५ का क्षेत्र, असोज १० गते बिहिबार परेवाटार र माझीटार सहित वडा नं ६ का क्षेत्रमा खोप लगाइने पशु चिकित्सक डा. वलीले बताउनुभयो । त्यस्तै असोज ११ गते शुक्रबार आदमटार र पिपलटार सहित वडा नं ७ का क्षेत्र र असोज १२ गते अभियान अन्र्तगत छुट भएका क्षेत्रहरुमा खोप अभियान संचालन गरिने उहाँले बताउनुभएको छ ।

खोपको लागि रामशरण अधिकारी (९८६५५०४२१४) र सन्तोष श्रेष्ठ (९८६०५१८०८५) का साथै सम्बन्धित वडा अध्यक्ष र पशु सेवा शाखाका अन्य कर्मचारीलाई सम्पर्क गरी समन्वय गर्न सकिने गाउँपािलकाले जनाएको छ ।

अभियानमा कुकुर र बिरालेलाई रेविज बिरुद्धको खोप लगाउदा रेविज न्युनिकरण हुने विश्वास गाउँपालिकाको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस