१८४
Sharesधादिङ: कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले निर्वाहमुखी कृषिलाई दिगो, उद्यमशीलता र प्रतिस्पर्धात्मक कृषि प्रणालीमा रूपान्तरण गर्न सरकार लागि परेको बताउनु भएको छ ।
ग्लोबल फुड सेक्युरिटी स्ट्राटेजी (जिएफएसएस / यूएसएआइडी) कृषिमा प्रत्यक्ष वित्तीय लगानी (जिटुजी)को सोमबार काठमाडौँमा शुभारम्भ गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्री अधिकारीले दुई तिहाइ ग्रामीण जनताको जीविकोपार्जनको माध्यम कृषि रहेको बताउनु भयो । कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा लगभग २४५ योगदान पुर्याएको चर्चा गर्दै मन्त्री अधिकारीले भन्नु भयो।
कृषिमा उच्च लागत, कम उत्पादकत्व, मानव श्रममा आधारित, गुणस्तरीय कृषि सामग्रीहरू (बीउ, मल, सिँचाइ, मेशिन)मा सीमित पहुँच र अव्यवस्थित बजारहरूले बाधा पुर्याइरहेको छ । ’ किसानहरू र उद्यमीहरूले कृषि ऋण र सरकारी सहयोग सहज रूपमा पाउन नसकेको जनाउँदै मन्त्री अधिकारीले त्यसलाई सहज, छिटो र छरितो बनाउन सरकार लागि परेको बताउनु भयो ।
जलवायु परिवर्तनको असर र प्रभाव कृषि क्षेत्रमा देखिन थालेको जनाउँदै कृषि तथा पशुपन्छी विकास मन्त्री अधिकारीले विश्व नै यस क्षेत्रमा संवेदनशील हुनुपर्नेमा बेला आएको बताउनु भयो । जलवायु परिवर्तनको असरले कृषि उत्पादकत्व र उत्पादनलाई घटाइरहेको जनाउँदै मन्त्री अधिकारीले भन्नु भयो। ,‘कृषि प्रणाली र खाद्य सुरक्षामा थप चुनौतीको रूपमा देखिएको छ ।’ कृषि तथा पशुपन्छी विकास मन्त्री अधिकारीले कृषि क्षेत्रलाई व्यवसायीकरण र औद्योगिकीकरणतर्फ अग्रसर गराउन सरकारी, निजी, सहकारी र विकास साझेदारहरूको समन्वयात्मक प्रयास आवश्यक रहेको औँल्याउनु भयो ।
विकास साझेदार, निजी क्षेत्र, सहकारी र किसानका नव प्रवर्धनशील विचार, अनुभव र स्रोतहरूका सरकार हातेमालो गरेर अघि बढ्न चाहेको जनाउँदै मन्त्री अधिकारीले सबैलाई सहकार्यका लागि आह्वान गर्नु भयो । सरकारले कृषिमा लगानीको दशक घोषणा गरेको काम गरी रहेको जनाउँदै कृषि मन्त्री अधिकारीले कृषिमा लगानी बढाउन आवश्यक र युवा पुस्तालाई आकर्षित गर्नका लागि आवश्यक कानुन संशोधनको तयारी पनि भइरहेको जानकारी दिनु भयो । ग्लोबल फुड सेक्युरिटी स्ट्राटेजीले कृषिमा आधारित आर्थिक विकासलाई प्रोत्साहन गर्ने, उद्यमशील कृषिलाई मजबुत बनाउने, खाद्य र पोषण सुरक्षामा सुधार गर्ने, गरिबी घटाउने, र निजी क्षेत्रको लगानी बढाउने नीति वातावरण सिर्जना गर्न मद्दत पुग्ने उहाले दाबी गर्नु भयो ।
नेपालको आर्थिक समृद्धिको लागि कृषिमा रूपान्तरण भएकोमा जोड दिँदै त्यसका लागि लिनुपर्ने नीति र बाटो बारे थप सुझावको पनि आफूले अपेक्षा गरेको उहाले बताउनु भयो । यूएसएआइडीले पछिल्लो सात दशकदेखि नेपालमा गरिबी, भोकमरी र कुपोषण घटाउन योगदान पुर्याएको जनाउँदै मन्त्री अधिकारीले त्यसका लागि नेपाल सरकारतर्फबाट कृतज्ञता व्यक्त गर्नु भयो । आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा राखेको बताउनु भयो ।
नेपाल सरकारले जिएफएस्एस् र जिटुजी पहलहरूलाई सफलतापूर्वक कार्यान्वयन गर्न दृढ प्रतिबद्धता जाहेर गर्दछ, जसले “समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय दृष्टिकोणमा योगदान पुर्याउनेछ भन्ने अपेक्षा गरेको छु,’ उहाले भन्नु भयो । कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत महामहिम डिन आर थोम्पसन, यूएसएआइडी नेपालको मिसन निर्देशक मिस क्याटी डोनोहोसहित विभिन्न व्यक्तिहरू सहभागी रहनु भएको थियो।