FLASH NEWS

महाङ्कालेश्वरी माध्यमिक विद्यालयमा निशुल्क आँखा शिविर र छात्रावृत्ति वितरण

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ भाद्र ३१, सोमबार (२ महिना अघि)
  • ३७१

    Shares

महाङ्कालेश्वरी माध्यमिक विद्यालयमा निशुल्क आँखा शिविर र  छात्रावृत्ति वितरण

फ़ोगट्पुरमा, धादिङ :    महाङ्कालेश्वरी माध्यमिक विद्यालयमा निशुल्क आँखा शिविर तथा चश्मा वितरण को साथै स्टेशनरी सामग्री र छात्रावृत्ति वितरण कार्यक्रम भएको छ।

सोमबार थाक्रे गाउपालिका वडा नम्बर ८ फ़ोगट्पुरमा रहेको महाकालेश्वरी माध्यमिक विद्यालयको प्राङ्गणमा उक्त कार्यक्रम भएको हो।


किवानिज क्लब काठमाडौं सारथीको आयोजनामा भएको उक्त कार्यक्रममा परिक्षणको साथै चस्मा वितरण गरिएको थियो। कार्यक्रममा २ सय भन्दा बढीको निशुल्क आंखा परिक्षण गर्नुका साथै चस्मा वितरण गरिएको कार्यक्रमको संयोजक दयाराम कार्कीले जानकारी दिनु भयो

तेस्तै किवानिज क्लब काठमाडौं सारथीको सहयोगमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण,छात्रावृत्ति प्रदान र क्यान्सर सम्बन्धी चेतनामुलक कार्यक्रम समेत सम्पन्न गरिएको विद्यालयका प्रधानाध्यापक मुकुन्द थापाले टोलटोलको खबर लाइ जानकारी दिनु भयो।

कार्यक्रमका प्रमुख अतिथि एवं थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले स्वास्थ्य मानिसको सबै भन्दा ठुलो धन भएकोले सबैले स्वास्थ्यलाइ ध्यान दिनु पर्ने बताउदै यो महत्वपूर्ण कार्यक्रम आयोजना गरिदिनु भएकोमा आयोजक टिमलाइ धन्यवाद समेत दिनु भयो।

किवानिज क्लब काठमाडौं सारथीको अध्यक्ष गोपीमान श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा क्लबका डिस्ट्रिक गभर्नर तिर्थ मान सिंह ,थाक्रे ८ का वडा अध्यक्ष प्रेम कुमार थामा ,लगाएत क्लबका विभिन्न पधादिकारी ,वडाका वडा सदस्य , बिधार्थी ,शिक्षक ,स्थानिय लगाएतको उपस्थिति रहेको थियो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस