FLASH NEWS

नेकपा एमाले धादिङ द्वारा आर्थिक अनुशासन पालन गर्न लेखा व्यवस्थापन प्रशिक्षण

  • टोलटोलको खबर
  • नेकपा एमाले
  • प्रकाशित मिति:
  • २०८१ भाद्र २४, सोमबार (२ महिना अघि)
  • १७८

    Shares

नेकपा एमाले धादिङ द्वारा आर्थिक अनुशासन पालन गर्न लेखा व्यवस्थापन प्रशिक्षण

धादिङ : नेकपा एमाले धादिङले आर्थिक व्यवस्थापन सम्बन्धी दुई दिने तालिम संचालन गरेको छ ।
नेकपा एमालेको पार्टी जिवनलाई पारदर्शी, आर्थिक अनुशासन कायम गर्न र पार्टी जीवनलाई सुदृढ बनाउँदै मिसन ८४ मा एमालेलाई जनताको अब्बल पार्टी बनाउन यस किसिमको प्रशिक्षण आयोजना गरिएको नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले बताउनुभयो ।

 नेकपा एमाले केन्द्रीय सदस्य खेम लोहनीले कार्यक्रमको उद्घाटन गर्दै पार्टीलाई राम्रो संग अघि बढाउन आर्थिक गतिविधि र पारदर्शिता राम्रो हुनु गर्नेभएकोले यस किसिमको प्रशिक्षण  को राखिएको बताउनुभयो ।  जिल्ला लेखा कमिटी अध्यक्ष डिल्ली पाठकको अध्यक्षतामा भएको प्रशिक्षण उद्घाटन समारोहमा नेकपा एमालेका जिल्लाका  नेताहरुको सहभागिता रहेको छ । नेकपा एमाले केन्द्रीय लेखा आयोगका सचिव शिव अधिकारी, सदस्य मिनराज कँडेल, सदस्य बद्री भट्टराई लगायतका नेताहरूले प्रशिक्षण दिने कार्यक्रम रहेको नेकपा एमाले धादिङका उपसचिव उर्मिला रेग्मीले जानकारी दिनुभयो ।


पार्टी जिवन, संगठन र आर्थिक क्रियाकलाप, पार्टीको हिसाब राख्ने खाताहरू, आर्थिक अनुशासन लगायतका विषयमा प्रशिक्षण संचालन गरिने  एमालेले जनाएको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस